अनसन तोड्ने डा.केसीको निर्णय, पत्रकार सम्मेलन गर्दै

काठमाडौं । अनसनरत डा गोविन्द केसीले पत्रकार सम्मेलन गरि अनसन तोड्ने भएका छन् । १६ औं अनसनको २४ औं दिनमा रहेका उनलाई हिजो प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले भेटि अनसन तोड्न आग्रह गरेका थिए । डा केसीले पत्रकार सम्मेलन गर्दै एकतर्फी रुपमा अनसन तोड्ने भएका हुन् ।

आफूसँग १५ औं अनसनका क्रममा भएको सहमति पालना गरी चिकित्सा शिक्षा विधेयक पारित गर्न माग गर्दै अनसन बसे पनि सरकारले अनसनको बेवास्ता गर्दै संसदमा विधेयक पेश गरेको थियो । हाल चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भइसकेको छ ।

केसीलाई पछिल्लो समय अनसन तोड्न चौतर्फी दबाव परेको थियो । पूर्वराष्ट्रपति डा रामवरण यादव, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, पूर्वसभामुख दमननाथ ढुंगाना, चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्च स्तरीय कार्यदलका अध्यक्ष केदारभक्ता माथेमालगायतले अनसन तोड्न केसीलाई छुट्टाछुट्टै रुपमा आग्रह गरेका थिए ।

© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology