आजको राशिफल : मिति २०७५ साल माघ २४ गते तृतीया तिथि बिहीबार

हेर्नुहोस् आजको ग्रहफल

मेष

काम बिना अवरोध सुचारु हुनेछन् । ठूलो सम्झौताको कामले अन्तिम रुप लिनेछ । प्रिय व्यक्तिहरुसंग भ्रमणमा गइनेछ । मनमा शान्ती छाउनेछ ।

वृष

विद्यार्थीहरुले कडा मिहिनेत गर्नुपर्ने समय छ । रोजगारीका अवसरहरु मिल्नेछन् । अरु व्यक्तिहरुसंग निर्भर रहेर निर्णय गर्नाले समस्या निम्तिनेछ । परिवारका महिला सदस्यको सहयोगले काम सम्पन्न गर्न सकिनेछ ।

मिथुन

व्यवसायमा राम्रा अवसरहरु मिल्नेछन् । वरिष्ठ व्यक्तिको सहयोगले काम बन्नेछ । विचारको आदान प्रदानले गर्दा बौद्धिक क्षमतामा वृद्धि हुनेछ । चल अचल सम्पत्तिको बारेमा आज निर्णय नलिनु उचित हुनेछ ।

कर्कट

कानुनी काममा सावधानी अपनाउनुपर्ने समय छ । धार्मिक कामको लागि खर्च बढ्नेछ । साझेदारीको कामले लाभ मिल्नेछ । परिवारमा मतभेद सिर्जना हुन सक्नेछ ।

सिंह

सरकारी तर्फबाट लाभ प्राप्त गर्न सकिनेछ । अवसरलाई चीन्न सकेमा व्यवसायमा आज गरिएका निर्णयले पछि ठूलो फाइदा पुर्याउनेछन् । जीवनसाथीको स्वास्थ्य समस्याले तनाव उत्पन्न हुनेछ । केही दान गरेमा धन हानीबाट बच्न सकिनेछ ।

कन्या

व्यवसायिक यात्रा हुनेछ । व्यवसायमा नयाँ योजनाहरु बन्नेछन् । आर्थिक लेनदेन गर्दा या कुनै पनि सम्झौता गर्दा विशेष सावधानी अपनाउनुपर्ने समय रहेको छ । सामाजिक काम या समारोहमा सहभागी भइनेछ ।

तुला

वरिष्ठ व्यक्तिहरुको सहयोग मिल्नेछ । आर्थिक लाभ मिल्नेछ । साझेदारको पूर्ण सहयोग रहनेछ । नयाँ परिचित व्यक्तिहरुबाट धोका हुन सक्नेछ । परिवारमा तनाव उत्पन्न हुनेछ ।

वृश्चिक

व्यापारमा सफलता मिल्नेछ । नयाँ अवसरहरु प्राप्त हुनेछन् । कडा मिहिनेतका कारण प्रोत्साहन तथा प्रशंसा मिल्नेछ । सामाजिक सम्बन्धका कारण फाइदा मिल्नेछ । स्वास्थ्यमा समस्या उत्पन्न हुनेछ ।

धनु

व्यापार व्यवसायमा ठूलो सफलता मिल्न सक्नेछ । नयाँ सम्झौताहरुले फाइदा दिनेछन् । इष्टमित्रको साथ र सहयोग मिल्नेछ । विवाहको चर्चा चल्नेछ । हाडजोर्नी दुखाइले चिन्तित बनाउनेछ ।

मकर

इमान्दारी पूर्वक गरिएको कामले अतिरिक्त लाभ मिल्नेछ । व्यापारमा आएका नयाँ अवसरमा केही जोखिमको सामना गर्नुपर्नेछ । स्वास्थ्य राम्रो रहनेछ । प्रेमसम्बन्ध सुमधुर रहनेछ।

कुम्भ

दैनिक काम सहज तरिकाले सम्पन्न हुनेछन् । कामका नयाँ अवसरहरु मिल्नेछन् । आर्थिक लाभ मिल्नेछ । परिवारमा तनाव उत्पन्न हुन सक्नेछ । आमाको सल्लाहले काम बन्नेछ।

मीन

नयाँ सम्पत्ति खरिद गर्नको लागि आजको दिन उचित रहने छैन । नोकरीमा कठीन परिस्थितिको सामना गर्नुपर्नेछ । आमा बुवाको सल्लाहमा गरिएको काम सफल हुनेछ । जीवनसाथीको साथमा भ्रमणको योग रहेको छ।

Space for Ads 300px * 160px
© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology