सोमवार, भदौ ९, २०७६ | Monday 26th August 2019

प्रियंकाद्वारा भारतीय काँग्रेसको महासचिवको पदभार ग्रहण

  • प्रकाशित मिति : बिहिबार, माघ २४, २०७५



  • नयाँ दिल्ली।भारतीय राष्ट्रिय काँग्रेसको महासचिवमा नियुक्त प्रियंका गान्धीले बुधबार पदबहाली गरेकी छन्। पार्टी अध्यक्ष राहुल गान्धीले आफ्नै बाहिनी प्रियंकालाई केही दिन पहिले पार्टीको महासचिवमा नियुक्त गरेका थिए। महासचिवमा नियुक्त गान्धीले नयाँ दिल्लीमा रहेको पार्टी केन्द्रीय कार्यालयमा पुगेर पदबहाली गरेकाे काँग्रेसले जनाएको छ।

    लामो समय सत्तामा रहेको भारतीय राष्ट्रिय काँग्रेस पार्टी गत सन् २०१४ मा भएको आम निर्वाचनपछि प्रतिपक्षमा रहेको छ। पार्टीलाई आसन्न निर्वाचनबाट फेरी सत्तामा पु¥याउनका लागि प्रभावकारी उपायको रूपमा प्रियंकाको नियुक्तिलाई व्याख्या गरिएको छ।

    झण्डै २० वर्ष पार्टीको नेतृत्व गरेकी भएकी सोनिया गान्धीले एक वर्ष अगाडि आफ्नो छोरा राहुललाई पार्टी अध्यक्षमा नियुक्त गरेकी थिइन भने त्यसको एक वर्षपछि राहुलले बहिनीलाई महासचिवमा नियुक्त गरेका हुन्।

    विश्व राजनीतिमा नेतृत्व पंक्तिमा रहेको भारत १९४७ मा जवाहरलाल नेहरू पहिलो प्रधानमन्त्री भएदेखि नेहरू–गान्धी परिवारको प्रभावमा रहेको छ । विगत पाँच वर्ष पार्टीको उपाध्यक्ष रहनु भएका राहुल अध्यक्ष बनेपछि गान्धी नेहरू परिवारबाट भारतीय काँग्रेस पार्टीको नेतृत्व लिने छैटौँ व्यक्ति बनेकी छन्।

    उहाँले आफ्नी बहिनी प्रियंकालाई महासचिवमा नियुक्त गरेपछि राहुलपछिको अध्यक्षका रूपमा उहाँलाई सहजै हेर्न थालिएको छ।

    करिब १३ वर्ष पहिलेदेखि राजनीतिमा सक्रिय अविवाहित राहुललाई भने यसै वर्ष हुने लोकसभा चुनावपछि प्रधानमन्त्रीको रूपमा अगाडि सारिएको छ । (रासस।सिन्ह्वा

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कोलोराडोमा अमेरिकी सांसद काङ्ग्रेस म्यान जो नेगस्  र नेपाली समुदायबीच अन्तरकृया
    आज झन् आकासियो सुन-चाँदीको भाउ
    ला लिगामा बार्सिलोनाको पहिलो जित, ५-२ ले विजयी
    भरतपुरमा पाँच जनाभन्दा बढी जम्मा हुन नपाइने
    जेट एयरको एयरहोस्टेस भन्दै फेसबुकमार्फत ठगी गर्ने महिला पक्राउ
    हङकङमा प्रदर्शनकारीमाथि गोली प्रहार
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    उडिरहेको विमानमै चोरी गर्ने चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
    ‘श्रीमानले झगडा गर्दैनन्, मायामात्रै गर्छन्, त्यसैले सम्बन्धविच्छेद गरिदिनुपर्यो’

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology