सोमवार, भदौ ९, २०७६ | Monday 26th August 2019

तनहुँ : आफ्नै भाइको हत्या गरी इनारमा फाल्ने दिदी सहित ३ जना पक्राउ

  • प्रकाशित मिति : बिहिबार, माघ २४, २०७५



  • तनहुँ । तनहुँको काउरेटारमा आफ्नै भाई २६ वर्षीय राजु विकको हत्या गरी लास ईनारमा हाल्ने दिदी सहित ३ जना पक्राउ परेका छन्।

    तनहुँको भानु नगरपालिका वडा नं ९ काउरेटारमा भएको सो घटनाको २ महिनापछि मात्रै प्रहरीले घटनामा संलग्न रहेका ३ जनालाई पक्राउ गरेको हो। गत मङ्सिर १२ गते राती कुटपिट गरी चिरपट दाउरा प्रहार गरेर नाम्लोले घाटीमा कसेर इनारमा फालेको पुष्टी भएको प्रहरीले जनाएको छ।

    पक्राउ पर्नेहरुमा लमजुङ दुधपोखरी २ स्थायी घर भई हाल भानु ९ काउरेटार बस्दै आएकी राजुकी दिदी २८ वर्षीया मन कुमारी विक, ३५ वर्षीया मन माया विक, हाल सोही स्थान बस्ने लमजुङ दोर्दी ३ लामागाउँका बर्ष २४ वर्षीय आयुष विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

    गत माघ २१ गरे सोमबार भानुको काउरेटारमा राम प्रसाद हड्खलेको बारीमा सिंञ्चाईको लागि खनेको ईनार भित्र पुरुष ब्यक्तिको लास सडीगली दुर्घन्धित अबस्थामा फेला परेको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    ला लिगामा बार्सिलोनाको पहिलो जित, ५-२ ले विजयी
    भरतपुरमा पाँच जनाभन्दा बढी जम्मा हुन नपाइने
    जेट एयरको एयरहोस्टेस भन्दै फेसबुकमार्फत ठगी गर्ने महिला पक्राउ
    हङकङमा प्रदर्शनकारीमाथि गोली प्रहार
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    उडिरहेको विमानमै चोरी गर्ने चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
    ‘श्रीमानले झगडा गर्दैनन्, मायामात्रै गर्छन्, त्यसैले सम्बन्धविच्छेद गरिदिनुपर्यो’
    ९ घटनाः जब बलिउड सुपरस्टारले सताएपछि छिमेकीले पुलिस बोलाए
    रातो बिकिनीमा नेहा धुपियाको जलवा, पतिसँग समुद्रमा मस्ती

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology