मञ्जु र सुरेनको ‘सोल्टीनी’ गीत सार्वजनिक (भिडियो)

काठमाडौँ । लोकदोहोरी गायिका मन्जु वि.क र गायक सुरेन घताङ्गको नयाँ कौरा गीत ‘सोल्टीनी’ सार्वजनिक गरिएको छ । सोमबार पोखरामा एक कार्यक्रम बिच गण्डकी प्रदेशकी उपसभामुख सृजना शर्माले उक्त गीतको म्युजिक भिडियोलाई सार्वजनिक गरेकी हुन् ।

गीतमा निर्देशन प्रकाश भट्टको रहेको छ भने सँगीत संयोजन भरत सुनारलेनै गरेका हुन् । गीतको छाँयाकन स्याङ्जाको पित्लेक आरुपाटमा गरिएको हो ।

राजेश घिमिरेले छाँयाकन गरेको गीतको म्युजिक भिडियोमा सुरेन घताङ्ग सँगै सरिष्मा मगरको अभिनय देख्न सकिन्छ । म्युजिक भिडियोलाई सुरेन घताङ्गको आफ्नै अफिसियल युटियुब मार्फत सार्वजनिक गरिएको छ ।

भिडियो :

© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology