सोमवार, भदौ ९, २०७६ | Monday 26th August 2019

विश्वकपको मुखमा अस्ट्रेलिया क्रिकेट टिमलाई धक्का, कोचले अचानक राजीनामा दिए

  • प्रकाशित मिति : बिहिबार, माघ २४, २०७५



  • सिड्नी । विश्वकपको मुखैमा आइपुग्दा अस्ट्रेलियाको राष्ट्रिय क्रिकेट टिमलाई धक्का लागेको छ । टिमका बलिङ कोच डेभिड सेकरले अचानक राजीनामा दिएका छन् । वडे विश्वकपसँगै एशेज सिरिजसमेत नजिकै आइपुगेको बेला अचानक सेकरको राजीनामा आएको हो । सेकरले भने टिमको भलाइको लागि आफूले राजीनामा दिएको बताएका छन् । सेकरले २०१५ मा विश्वकपको मुखैमा इङल्याण्डको बलिङ कोचबाट समेत अचानक राजीनामा दिएका थिए ।

    सेकरले टिमका मुख्य कोच जस्टिन लेंगरसँग लामो परामर्श गरेपछि पद छाड्ने निर्णय गरेका हुन् । उनी जुलाइ २०१६ देखि अस्ट्रेलियाको बलिङ कोच थिए । हेड कोच लेंगरका अनुसार उनीहरु २ जनाबीच विगत ९ महिनादेखि टिममा सेकरको भूमिकाबारे चर्चा चलिरहेको थियो । लेंगरले पनि टिमको सर्वोत्तम हितको लागि निर्णय गर्ने यो सही समय भएको बताए । लेंगरले सेकरलाई उनको अहम योगदानको लागि धन्यवाद समेत दिए ।

    मिचेल स्टार्क, जोश हेजलउड र प्याट कमिन्सजस्ता तीव्रगतिका बलर तयार गर्ने काममा अहम भूमिका निर्वाह गरेका सेकरले आफूले अस्ट्रेलिया टिमसँग बिताएको समयमा आनन्द लिएको बताएका छन् । उनले विगत तीन सत्रमा अस्ट्रेलिया टिमको कोचको भूमिका दिएकोमा क्रिकेट अस्ट्रेलियालाई धन्यवाद दिए । क्रिकेट अस्ट्रेलियाले अस्थायी रुपमा ट्रोय कोलेलाई बलिङ कोच नियुक्त गरेको छ । कोलेले विश्वकपअगाडि भारत र पाकिस्तानविरुद्ध हुने अस्ट्रेलियाको वनडे सिरिजमा टिमको बलिङ कोचको भूमिका निभाउनेछन् । विश्वकपसम्म पुग्दा स्थायी रुपमा बलिङ कोच नियुक्त गर्ने क्रिकेट अस्ट्रेलियाको योजना छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    ला लिगामा बार्सिलोनाको पहिलो जित, ५-२ ले विजयी
    भरतपुरमा पाँच जनाभन्दा बढी जम्मा हुन नपाइने
    जेट एयरको एयरहोस्टेस भन्दै फेसबुकमार्फत ठगी गर्ने महिला पक्राउ
    हङकङमा प्रदर्शनकारीमाथि गोली प्रहार
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    उडिरहेको विमानमै चोरी गर्ने चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
    ‘श्रीमानले झगडा गर्दैनन्, मायामात्रै गर्छन्, त्यसैले सम्बन्धविच्छेद गरिदिनुपर्यो’
    ९ घटनाः जब बलिउड सुपरस्टारले सताएपछि छिमेकीले पुलिस बोलाए
    रातो बिकिनीमा नेहा धुपियाको जलवा, पतिसँग समुद्रमा मस्ती

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology