सोमवार, भदौ २, २०७६ | Monday 19th August 2019

सुन्दर बन्दै वाग्मती

  • प्रकाशित मिति : शुक्रबार, माघ २५, २०७५



  • काठमाडौं : गोकर्णबाट सिनामंगलसम्म वाग्मती नदी दुवैतर्फ सिँगारिएको छ। वाग्मती सुधार आयोजनाले दुवै किनारामा सडक, बगैंचा, साइकल लेन र फुटपाथसहित पर्खाल निर्माण गरेको हो। यो काम २०७० फागुनमा सुरु गरिएको थियो। गोकर्णबाट सिनामंगलसम्म दुईतर्फ ७.२÷७.२ किमि नदी क्षेत्रलाई सजावट गर्ने काम अन्तिम चरण पुर्‍याइएको आयोजनाले छ। आयोजनाअन्तर्गत अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले नदीका दुवै किनारमा व्यवस्थित पर्खालसहित २०÷२० मिटर हरित क्षेत्र बनाएको छ। काठमाडौं उपत्यका विकास प्राधिकरणले पनि नदी क्षेत्रबाट २० मिटरसम्म कुनै संरचना निर्माण गर्न नहुने गरी योजना तयार पारेको थियो।

    नदीलाई २८ देखि ४० मिटरसम्म फराकिलो बनाएर पार्क, बगैंचा, सार्वजनिक शौचालय, मन्दिर, ११ ठाउँमा वेयर निर्माण गरिसकेको आयोजनाका इन्जिनियर मिहिरचन्द्र आचार्यले बताए। पानीमा अक्सिजन घुल्न सहयोग पुग्ने गरी वेयर निर्माण गरिएको उनको भनाइ छ। अब वाग्मतीको पानी केही सफा हुने उनले बताए।

    गोकर्ण र पशुपति क्षेत्रमा रहेको पुराना दुई सिँचाइ प्रणालीलाई आयोजनाले व्यवस्थित गरेको छ। वाग्मतीलाई फोहोर फाल्ने नभएर वि श्राम र बिहानी अभ्यास गर्ने ठाउँका रूपमा विकास गर्ने आयोजनाको लक्ष्य छ। सामाजिक परिचालनका माध्यमबाट सरोकारवालालाई नदी संरक्षणमा सहभागी गराउने, फोहोरमैला व्यवस्थापनको नमुना कार्यक्रम अघि बढाउने कार्य पनि भइरहेको आचार्यले बताए। सुधार योजनाको समयावधि यसै महिना सकिने र केही समय थप गरी काम पूरा गर्ने तयारी छ।

    यो नदी प्रणालीलाई सफा, व्यवस्थित र आकर्षक राख्नुको विकल्प नरहेको आयोजनाका प्रमुख आशिष घिमिरेले बताए। उनका अनुसार वाग्मती नदी काठमाडौं उपत्यकाको संस्कृति, सभ्यता, स्वास्थ्य, पर्यटन तथा जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषय हो। वाग्मतीको सुधार सबैको सहभागिता र सहयोगबिना सम्भव नरहेको उनले बताए।

    एसियाली विकास बैंकको अनुदान तथा ऋण सहयोगमा यो आयोजना सञ्चालित छ। ३ करोड ६० लाख डलर लागतको आयोजनामा बैंकको २ करोड ५५ लाख डलर ऋण, ४५ लाख अनुदान र सरकारको ६० लाख डलर लगानी छ। आयोजना अघि बढाउन सरकार र बैंकबीच २०७० फागुन २२ मा सम्झौता भएको थियो।

    जनसहभागिताबाट २०७० जेठ ५ मा वाग्मती सफाइ अभियान सुरु गरिएको थियो। यो शनिबार ३ सय साता पुगेको छ। अभियानले केही प्रतिशत भए पनि वाग्मती सफा भएको छ। शिवपुरी क्षेत्रबाट उत्पन्न हुने वाग्मती सुन्दरीजलबाट चोभारसम्मको लम्बाइ करिब ३५ किमि छ। मुहानबाट चोभारसम्म नदीको जलाधार क्षेत्र ५ सय ८५ वर्ग किमिमा फैलिएको छ। उपत्यकाको बढ्दो जनसंख्या र सहरीकरणले वाग्मती फोहरमैला र ढलका कारण प्रदूषणको सिकार बनोको छ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कृषि उत्पादनमा फड्को मार्दै मकवानपुरगढी, दुधबाट दैनिक १० लाख आम्दानी
    कश्मीरको विशेष मान्यता खोसिएपछि भारतका अन्य राज्यको भविष्यबारे चिन्ता
    अनुष्काले शेयर गरेको बिकिनी फोटोमा विराट कोहलीको खास कमेन्ट !
    ‘स्मिथ ढल्दा सबैको धड्कन रोकिएको थियो’
    घर टहरा भत्काएको विरोधमा नगरकोट बन्द
    रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप, चितवन तनावग्रस्त
    शालिकरामले झुण्डिन डोरी किनेको सिसिटिभीमा देखियो
    तीन पल्ट विहारको मुख्यमन्त्री भएका मिश्राको निधन
    चितवनमा तनाव भएपछि प्रशासनले गर्यो सर्वदलीय बैठक, मानवअधिकारीवादी संगठनहरुको पनि अपील
    बुधबार काठमाडौं आउँदै भारतीय विदेशमन्त्री एस जयशंकर

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology