सोमवार, भदौ ९, २०७६ | Monday 26th August 2019

प्रमोद खरेलको ‘यो कुरा गोप्य’ सार्वजनिक

  • प्रकाशित मिति : शुक्रबार, माघ २५, २०७५



  • चर्चित गायक प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ। बिहिबार गायक प्रमोदकै अफिसियल युट्युब च्यानलबाट ‘यो कुरा गोप्य’ बोलको गीत सार्वजनिक गरिएको हो ।

    सार्वजनिक उक्त गीतमा आशिष अविरलको संगीत तथा एक नारायण भण्डारीको शब्द सुन्न सकिन्छ । गीतको एरेन्ज अविरलले नै गरेका हुन् ।
    यो कुरा गोप्य निकै रमाइलो र डान्सिङ गीत भएको गायक खरेलले बताए । उनले भने, हामीले यस गीतलाई पूर्ण रुपमा डान्सिङ फ्लेवरमा तयार पारेका छौँ भने म्युजिक भिडियोलाई पनि फरक तरिकाले बनाएको छ त्यसैले गीतले दर्शकरश्रोताको मन जित्नेमा विश्वस्त रहेको बताए ।

    थापाको निर्देशनमा तयार भएको उक्त गीतको भिडियोमा नायक नाजिर हुसेन र नायिका एलिशा राईको जोडी बाधिएको छ । भिडियोमा नजिरले एलिशालाई आफूले माया गरेको कुरा गोप्य राख्न आग्रह गरिरहेका छन् । नाजिर आफ्नो हरेक क्रियाकलाप गोप्य राख्ने बताइरहेका छन् । तर, भिडियोको अन्त्यमा गायक खरेल कथामा ट्विस्ट बनेर आइदिन्छन् र एलिशालाई भगाउँछन् ।

    राजिव समरको नृत्य निर्देशनमा रहेको भिडियोलाई अनिल के मानन्धरले खिचेका छन् । कमल प्रसाईले ड्रेन चलाएको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । दिक्षा क्रियशलले तयार गरेको अडियो भिडियोलाई दिपा सिटौला खरेलले निर्माण गरेकी हुन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    ला लिगामा बार्सिलोनाको पहिलो जित, ५-२ ले विजयी
    भरतपुरमा पाँच जनाभन्दा बढी जम्मा हुन नपाइने
    जेट एयरको एयरहोस्टेस भन्दै फेसबुकमार्फत ठगी गर्ने महिला पक्राउ
    हङकङमा प्रदर्शनकारीमाथि गोली प्रहार
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    उडिरहेको विमानमै चोरी गर्ने चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
    ‘श्रीमानले झगडा गर्दैनन्, मायामात्रै गर्छन्, त्यसैले सम्बन्धविच्छेद गरिदिनुपर्यो’
    ९ घटनाः जब बलिउड सुपरस्टारले सताएपछि छिमेकीले पुलिस बोलाए
    रातो बिकिनीमा नेहा धुपियाको जलवा, पतिसँग समुद्रमा मस्ती

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology