कुवेतको अस्पतालबाट नेपाली चेलीको यस्तो अपिल

दोहा। कुवेतमा एक नेपाली चेली पेम्फिगुस वुल्गरिस नामक रोगका कारण बिरामी परेकी छिन्। ताप्लेजुङ जिल्ला घर भै हाल धरानमा बस्दै आएकी सलिना लिम्बु शरीरका पुरै भागमा घाउ नै घाउ देखिएपछि अस्पताल भर्ना भएकी छन्।

कुवेतको आदान अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेकी उनि अवैधानिक भएकाले उपचारमा समस्या भएको छ।

उपचार पश्चात् स्वास्थ्य अवस्था केही सुधारोन्मुख हुदै गए पनि आर्थिक अभाबले अस्पतालको उपचार खर्च तिर्न नसक्दा समस्यामा परेकी छन्।

दैनिक कुवेती १० केडीको दरले बेडको खर्च बुझाउनु पर्छ, अहिले सम्म त उनिसंग भएको रकम बुझाएका छौ, अझै कति दिन राख्नु पर्ने हो थाहा छैन भएको सबै पैसा सकियो अब उनको उपचार कसरि गर्ने हो भन्ने समस्याले सताउन थालेको सलिनाकी साथी आशु बस्नेतले बताईन्।

आदान अस्पतालको आकस्मिक कक्षको चौथों तलाको १५ नम्बर बेडमा उपचार गराई रहेकी लिम्बुले सबै नेपालीमाझ सहयोगको अपिल गरेकी छन्।

घरेलु कामदारक रुपमा कुवेत आएकी लिम्बु स्पोन्सरको घरबाट भागेर गैरकानुनी रुपमा बस्दै आएकी छिन्।

Space for Ads 300px * 160px
© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology