सोमवार, भदौ ९, २०७६ | Monday 26th August 2019

मन्दिरमा पुजापाठ गर्न जादै हो भने यस्ता कुरा कहिल्यै भगवान सँग नमाग्नुहोस, हैन भने कहिल्यै फल

  • प्रकाशित मिति : शुक्रबार, माघ २५, २०७५



  • “मन्दिरमा पुजापाठ गर्न जादै हो भने यस्ता कुरा कहिल्यै भगवान सँग नमाग्नुहोस, हैन भने कहिल्यै फल”
    यदि तपाई प्रत्येक दिन पुजा गर्नुहुन्छ अनी तपाईको मन असान्त रहेको हुन्छ भने यसको मतलब यो हो की तपाईको पुजापाठमा कहिँ केही गलत नहोस् । मनको शान्ति अनी जुन मनोकामनाले पुजा गरीएको छ, उसको प्राप्तिको लागी विधानपुर्वक पुजा गर्नु जरुरी हुन्छ । जान्नुहोस् पुजा गर्ने समयमा कुन कुराको ख्याल गर्ने अनी कुन नियमको कसरी पालना गर्ने ।

    १. शिव, गणेश अनी भैरवलाई तुलसी चढाउनु हुँदैन ।
    २. स्नान नगरी तुलसीको पातलाई टिप्नु हुँदैन । शास्त्र अनुसार यदि कुनै व्यक्ति ननुहाइ तुलसीको पात टिप्छ भने पुजा गर्दा यस्तो पात भगवानद्धारा स्वीकार हुँदैन ।
    ३. तुलसीको पातहरुलाई ११ दिनसम्म बासी मानिँदैन । यसको पातहरुमा जल चढाएर पुन भगवानलाई अर्पित गर्न सकिन्छ ।
    ४. बिहिवार, एकादशी द्धादशी, संक्रान्ति तथा साँझमा तुलसीको पात टिप्नु हुँदैन ।

    ५. सुर्यदेवलाई शंखको जलबाट अघ्र्य दिनु हुँदैन ।
    ६. दुवो (एक प्रकारको घाँस)लाई बिहिवार टिप्नु हुँदैन ।
    ७. बुधवार अनि बिहिवार पिपलको रुखमा जल चढाउनु हुँदैन ।
    ८. प्लास्टिकको बोत्तल वा कुनै अपवित्र धातुको भाँडामा गंगाजल राख्नु हुँदैन । अपवित्र धातु जस्तै एल्मुनियम तथा फलामबाट बनेको भाँडाहरु । गंगाजल तामाको भाँडामा राख्नु सुभ मानिन्छ ।

    ९. केतुकीको फुल शिवलिंगमा चढाउनु हुँदैन ।
    १०. कुनैपनि पुजामा मनोकामनाको सफलताको लागी दक्षिणा अवश्य चढाउनु पर्छ ।
    ११. माता लक्ष्मीको विशेष रुपले कमलको फुल अर्पित गरीन्छ । यस फुललाई पाँच दिनसम्म जल चढाएर पुन प्रयोग गर्न सकिन्छ ।
    १२. घरको मन्दिरमा विहान अनी साँझ दिप अवश्य बाल्नुहोस् । एउटा दिप घिउको अनी एउटा तेलको बाल्नुपर्छ ।
    १३. सुर्य, गणेश, दुर्गा, शिव तथा विष्णु यि पञ्चदेवता मानिन्छन् ।

    यिनको पुजा सबै कार्यमा अनिवार्य रुपमा हुनुपर्छ । प्रत्येक दिन पुजा गर्ने समयमा यि पञ्चदेवको ख्याल गर्नुपर्छ । यसले लक्ष्मी कृपा अनी समृद्धि प्राप्त हुन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    ला लिगामा बार्सिलोनाको पहिलो जित, ५-२ ले विजयी
    भरतपुरमा पाँच जनाभन्दा बढी जम्मा हुन नपाइने
    जेट एयरको एयरहोस्टेस भन्दै फेसबुकमार्फत ठगी गर्ने महिला पक्राउ
    हङकङमा प्रदर्शनकारीमाथि गोली प्रहार
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    उडिरहेको विमानमै चोरी गर्ने चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
    ‘श्रीमानले झगडा गर्दैनन्, मायामात्रै गर्छन्, त्यसैले सम्बन्धविच्छेद गरिदिनुपर्यो’
    ९ घटनाः जब बलिउड सुपरस्टारले सताएपछि छिमेकीले पुलिस बोलाए
    रातो बिकिनीमा नेहा धुपियाको जलवा, पतिसँग समुद्रमा मस्ती

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology