अन्तरवार्तामा एकसाथ देखिए भुवन र निरूता, चल्यो अफेयरको चर्चा

काठमाडौँ । नायक भुवन केसी र नायिका नीरवता सिंह करिब डेढ दशकपछि चलचित्रमा सँगै देखिँदैछन्। कुनैबेलाकी चर्चित नायिका सिंहले आफ्नो डेब्यु चलचित्र ‘दक्षिणा’मा भुवन केसीको नायिकाको भूमिका निर्वाह गरेकी थिइन्। उक्त चलचित्र २०५० सालमा रिलिज भएको थियो।

यो जोडी भुवनका छोरा अनमोल केसी अभिनीत चलचित्र ‘क्याप्टेन’मा फेरि सँगै देखिँदैछ। आगामी १७ फागुनबाट रिलिज हुने चलचित्र ‘क्याप्टेन’को लोक भाकाको ‘कर्ली कर्ली…’को हालसालै छायाँङ्कन गरियो। गीतमा भुवन र निरूताको मज्जाको केमिस्ट्री देख्न सकिन्छ। यो गीतमा भुवन र निरूतासँगै अनमोल केसीले पनि नृत्य गरेका छन् ।

© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology