सोमवार, भदौ ९, २०७६ | Monday 26th August 2019

मनाङको माइनस १३ डिग्री चिसोमा भिमफेदी गाइजको नयाँ गीत, निर्मला लामा बने भिलेन

  • प्रकाशित मिति : शुक्रबार, माघ २५, २०७५



  • काठमाडौँ । नेपालको चर्चित डान्स ग्रुप भिमफेदी गाइजको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । सधैँ झै यो गीतको म्युजिक भिडियो पनि भिमफेदी गाइजको आफ्नै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।

    गायक ईश्वर मागियाको आवाजमा रहेको ‘नहेर म तिर’ बोलको गीतको म्युजिक भिडियो यही माघ २४ गते बिहिवारको दिन सार्वजनिक गरिएको हो । मनाङको रमणीय स्थलहरूमा र माइनस १३ डिग्री चिसो तापक्रममा खिचिएको गीत तामाङ सेलो शैलीमा रहेको छ।

    भिमफेदी गाइज र निर्जली लामा फिर्चड भिडियोमा पहिलो जुनीमा गरेको पापको फल पाइन्छ भन्ने दृष्यलाई देखाइएको छ भने चोखो मायाको फल पनि देखाउन खोजिएको छ । । यस गीतको म्युजिक भिडियो मनाङको माइनस १३ डिग्रिको चिसो हावामा लिएको छ ।

    गायक इश्वर मागियाकै शब्द तथा संगीत रहेको यस गीतको म्युजिक भिडियोलाई पवन सुस्लिङले खिचेका छन् । पवन सुस्लिङ नै भिडियोको सम्पादन समेत गरेका हुन् ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    ला लिगामा बार्सिलोनाको पहिलो जित, ५-२ ले विजयी
    भरतपुरमा पाँच जनाभन्दा बढी जम्मा हुन नपाइने
    जेट एयरको एयरहोस्टेस भन्दै फेसबुकमार्फत ठगी गर्ने महिला पक्राउ
    हङकङमा प्रदर्शनकारीमाथि गोली प्रहार
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    उडिरहेको विमानमै चोरी गर्ने चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
    ‘श्रीमानले झगडा गर्दैनन्, मायामात्रै गर्छन्, त्यसैले सम्बन्धविच्छेद गरिदिनुपर्यो’
    ९ घटनाः जब बलिउड सुपरस्टारले सताएपछि छिमेकीले पुलिस बोलाए
    रातो बिकिनीमा नेहा धुपियाको जलवा, पतिसँग समुद्रमा मस्ती

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology