सोमवार, भदौ ९, २०७६ | Monday 26th August 2019

थाइलेन्डकी राजकुमारी चुनावी दौडमा

  • प्रकाशित मिति : शुक्रबार, माघ २५, २०७५



  • काठमाडौँ — राजकीय थाइ परम्परा तोड्दै थाइलेन्डकी राजकुमारी उबोलरत्ना राजकन्या चुनावी प्रतिस्पर्धामा उत्रने भएकी छन् ।  आगामी मार्च २४ का लागि तय भएको आम निर्वानमा उनले आफ्नो उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।

    ६७ वर्षीया राजकुमारी माहिडोलले पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राको पार्टीबाट चुनावी मैदानमा प्रतिस्पर्धा गर्दैछिन् । ५ वर्षदेखिको सैन्य शासनलाई यो निर्वाचनले प्रतिस्थापन गर्ने अनुमान विश्वले गरेको छ ।

    सन् १९५१मा जन्मिएकी राजकुमारी उबोलरत्ना थाईलेन्डका पूर्व राजा भूमिबोल अदुल्यादेजकोछोरी हुन् । सन् १९७२ मा एक अमेरिकी नगरिकसँग विवाह गरेपछि उनले राजकीय पद त्यागेकी थिइन् ।

    डिभोर्सपछि उनी पुनः थाइलेन्डमा फर्किइन् । थाइलेन्डमा उनी सामाजिक सञ्जाल र थाइ चलचित्रहरुमा काम गर्न थालिन् । राजकुमारी उबोलरत्नाको तीन सन्तानमध्ये एक जनाको सन् २००४ सुनामीका कारण मृत्यु भएको थियो । उनका अन्य दुई सन्तान अमेरिका मै बस्छन् ।

    वर्तमान प्रधानमन्त्री प्रयुथ चान ओचा पनि चुनावी मैदानमा छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    ला लिगामा बार्सिलोनाको पहिलो जित, ५-२ ले विजयी
    भरतपुरमा पाँच जनाभन्दा बढी जम्मा हुन नपाइने
    जेट एयरको एयरहोस्टेस भन्दै फेसबुकमार्फत ठगी गर्ने महिला पक्राउ
    हङकङमा प्रदर्शनकारीमाथि गोली प्रहार
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    उडिरहेको विमानमै चोरी गर्ने चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
    ‘श्रीमानले झगडा गर्दैनन्, मायामात्रै गर्छन्, त्यसैले सम्बन्धविच्छेद गरिदिनुपर्यो’
    ९ घटनाः जब बलिउड सुपरस्टारले सताएपछि छिमेकीले पुलिस बोलाए
    रातो बिकिनीमा नेहा धुपियाको जलवा, पतिसँग समुद्रमा मस्ती

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology