मन्दिर जानैपर्ने १० वैज्ञानिक कारण

नेपाल हिन्दु परम्परा र संस्कृतिले धनी देश हो। राजधानी काठमाडौँ उपत्यका मात्रै सैयौँ महत्वपूर्ण मन्दिरहरू अवस्थित छन्। साथै विश्व सम्पदा सूचीमा पर्ने ७ वटा धर्मस्थलहरू पनि काठमाडौँमै छन्। उपत्यका बाहिर अन्य जिल्लाहरूमा पनि यस्ता हजारौँ मठ-मन्दिरहरू छन्, जसले नेपालको प्राचीन इतिहास र संस्कृति झल्काउँदछन्। यहाँका हिन्दु मन्दिरको मूख्य विशेषता यसको डिजाइन, आकार अनि निर्माणस्थल हो।

सामान्यतया, भगवानबाट आशिर्वाद लिनका लागि भक्तालुहरू मन्दिर जाने गर्दछन्। हिन्दु धर्ममा विशेष महत्व बोकेको घण्टा, शङ्ख अनि अगरबत्तीको सामिप्यतामा मानिसहरू हराउने गर्छन्। सांस्कृतिक अनि परम्परागत कारणले गर्दा मन्दिर जानु त ठीकै हो, तर वैज्ञानिक दृश्टिकोणले हेर्ने हो भने पनि मन्दिर धाउनु फाइदाजनक देखिन्छ।

निर्माणस्थल र मन्दिरको संरचना
विशेष गरी, पृथ्वीको उत्तरी र दक्षिणी ध्रुबबाट निस्कने चुम्बकीय र विध्युतीय रेखाको मिलन हुने ठाउँमा अधिक पोजिटिभ इनर्जी जम्मा भएको हुन्छ। वेदको अनुसार, भगवानका मन्दिरहरू यहि पोजिटिभ इनर्जी भएका ठाउँमा बनाउनुपर्दछ। मन्दिर बनाउँदा त्यस क्षेत्रको केन्द्रविन्दुमा भगवानको मूर्ती राखिन्छ, जसलाई ‘गर्भगृह’ अथवा ‘मूलस्थानम’ भनिन्छ।
वास्तवमा, सबैभन्दा बढि पोजिटिभ इनर्जी भएको ठाउँमा भगवानको मूर्ती राखेपछि मात्रै मन्दिरको बाँकीको संरचना बनाउनुपर्ने वेदमा उल्लेख गरिएको छ। ‘मूलस्थानम’ भनेको यस्तो ठाउँ हो जहाँ पृथ्वीको चुम्बकीय तरङ्ग सबैभन्दा उच्च हुन्छ।

मन्दिर जानुका वैज्ञानिक फाइदाहरू यस प्रकार रहेका छन्।

१. मन्दिर छिर्नुभन्दा पहिला जुत्ता चप्पल फुकाल्नु
मन्दिर यस्तो ठाउँ हो, जहाँ पोजोटिभ इनर्जी बोकेको चुम्बकीय शक्ति सबैभन्दा बढी तरङ्गीत हुन्छ। पुराना दिनहरूमा मन्दिर यसरी बनाइन्थ्यो कि, त्यहाँको भुइँ पोजिटिभ तरङ्गको लागि राम्रो कन्डक्टर (चालक) हुने गर्दथ्यो, जसले गर्दा हाम्रो पाइताला देखि पुरै शरीरसम्म सो तरङ्ग फैलिन पाउँथ्यो। यहि पोजेटिभ उर्जा शरिरमा तरङ्गि हुन पाओस भनि मन्दिरमा पस्नु अघि जुत्ता चप्पल फुकालिने गर्छ।

अब अर्को चोटि पशुपतिनाथ जाँदा यी कुराहरूलाई याद गर्नुहोला।

२. मूर्तीको अगाडि दियो जलाउनु
अधिकांश मन्दिरको मूर्ती राखिएको भित्री कोठा अँध्यारो हुने गर्दछ। अनि त्यो कोठामा भगवानको मूर्ती राखिएको हुन्छ। जब प्रार्थना गर्न हामी आँखा बन्द गर्छौँ त्यतिबेलासम्म पुजारीले दियो बालेर मूर्ती अगाडि राखिदिएको हुन्छ। अनि जब हामीले आँखा खोल्छौँ, त्यो अँध्यारोमा पहेँलो दियोको अगाडि मूर्तीलाई देख्न सक्छौँ। विज्ञानको अनुसार, अँध्यारोमा देखिने उक्त प्रकाशले हाम्रो दृश्यशक्तिलाई मजबुत बनाउँदछ।

३. भगवानलाई ताजा अनि पवित्र पुष्प चढाउनु
विशेष भगवानको लागि विशेष किसिमका फूलहरू चढाउने परम्परा रहेको छ। भगवानलाई चढाउन मिल्ने फूलहरूमा गुलाब, चमेली, गोदावरी, लक्ष्मी फूल, आदि पर्दछन्। तर विशेष ध्यान दिनुपर्ने कुरा भनेको फूलको सुगन्ध हो। मन्दिरमा चढाइने फूल, अगरबत्ती अनि कपूरको कडा बासना हुन्छ, जसले हाम्रो सुँघ्ने शक्तिलाई उजागर गराउँदछ र दिमागलाई एकप्रकारको आनन्द पनि दिने गर्दछ।

४. तीर्थजल पिउनु
हिन्दु धर्मका हरेक मन्दिरमा पुजा गर्दा कुनै न कुनै किसिमको तीर्थजल पिउनुपर्ने हुन्छ। गङ्गाको जललाई तामाको भाँडामा राखेर त्यसमा दुबो, तुलसी, कुश राखेर तीर्थ जल तयार पारिन्छ। कतै पञ्चामृतलाई नै तीर्थजलको रूपमा प्रयोग गरिएको देख्न सकिन्छ।
यसको एउटै महत्व भनेको हाम्रो स्वादको शक्तिलाई उजागर गर्नु हो। आयूर्वेदका अनुसार, तामाको भाँडामा राखिएको पानीले हाम्रो शरीरका ३ वटै दोषहरूलाई (वत, कफ र पित्त) हटाउँदछ।

५. नरीवल अथवा केरा चढाउनु
नरीवल र केरा मात्रै यस्तो फलफूल हो, जसलाई हिन्दु धर्ममा पवित्र मानिन्छ। नरीवल रूख उमार्नको लागि खोलसँगै पुरै नरीवललाई गाढ्नुपर्दछ भने केरा उमार्नको लागि ‘स्याम्प्लिङ्ग’ गर्नुपर्ने हुन्छ। यहि कारणले गर्दा नै नरीवल र केरालाई धार्मिक तवरले पवित्र मानिने गरिन्छ। किनभने, यो आफैमा पूर्ण रहेको हुन्छ- आदिदेखि अन्त्य सम्म।

६. दियो तापेर आँखामा छुनु
प्रार्थना गरिसकेपछि, मन्दिरको पुजारीले तपाईँको अगाडि दियो राखिदिन्छन्, ताप्नको लागि। अनि तपाईँले त्यो दियोको आगोमाथि हात राख्नुहुन्छ- न्यानो बनाउनको लागि अनि आँखामा लगेर छुवाउनुहुन्छ। यसले तपाईँको छोएर महशुस गर्ने क्षमताको वृद्धि गराउँदछ।

७. निधारमा तीलक लगाउनु
हाम्रो दुई आँखाबीचको निधारलाई प्राचीनकाल देखि नै शरीरको मूख्य स्नायु विन्दु मानिँदै आएको छ। अनि निधारमा तीलक लगाउँदा त्यस ठाउँबाट शरीरको ऊर्जा गुम्नबाट बच्ने विश्वास गरिन्छ। अनि पुजारीले निधारमा तीलक लगाइदिँदा औँलाले हलुका थिच्दछन्, यसरी शरीरको ‘अद्न्येय-चक्र’मा थिच्दा शरीरभरि रक्त सञ्चारमा सहज हुने आध्यात्मवादमा उल्लेख गरिएको छ।

८. मन्दिरको फेरो लगाउनु
अब माथिका सबै कुराहरू गरिसकेपछिको अन्तिम चरण भनेको मन्दिरको फेरो लगाउनु, त्यो पनि दाहिने तर्फबाट। हिन्दु धर्ममा ९ र १०८ अङ्कलाई सबैभन्दा पवित्र अङ्क मानिन्छ। त्यसैले नै मन्दिरको फेरो लगाउँदा कम्तीमा पनि ९ चोटि दाहिनेतर्फ (घडीको सुई घुम्ने दिशा)बाट फेरो लगाउनुपर्ने हुन्छ। यसलाई संस्कृतमा ‘प्रदक्षिणा’ भनिन्छ।

मन्दिरमा राखिएको मूर्तीले घण्टाको ध्वनीको ऊर्जा र दियोको तापको ऊर्जालाई सोस्दछ, किनभने उक्त मूर्ती विध्युतीय र चुम्बकीय क्षेत्रको मिलन भएको ठाउँमा राखिएको हुन्छ जहाँ सबैभन्दा बढि पोजिटिभ ऊर्जा भएको हुन्छ। मूर्तीले सोसेको उक्त ऊर्जाले गर्दा त्यहाँ भएको पोजिटिभ ऊर्जामा थप बढि तरङ्ग पैदा गराउँदछ।

अनि जब हामीले यतिबेला प्रदक्षिणा गर्छौँ, त्यहाँ थुप्रिएर बसेका सबै पोजिटिभ ऊर्जालाई हामीले लिन सक्दछौँ। फेरि यति बेलासम्म हाम्रो पुरै ५ वटा चेतनाको पनि उजागर भैसकेको हुन्छ, जसले गर्दा ती पोजिटिभ ऊर्जालाई लिन थप सजिलो हुन्छ।
त्यसैले गर्दा नै, जब हामी मन्दिरबाट फर्किन्छौँ, तब हाम्रो मन, मुटु र मस्तिष्क शान्त हुन्छ। काम गर्ने मेसो पाउँछौँ अनि दिनैभरी नै आफूलाई स्फूर्तीले भरिएको महशुस गर्दछौँ।

© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology