यस्ता राशि भएका पुरुषलाई विवाहपछि त्यति राम्रो श्रीमान् मानिदैन

ज्योतिषका अनुसार राशिफलको हिसाबले केही यस्ता राशि हुन्छन् जसका पुरुषलाई राम्रो पति मानिँदैन । भनिन्छ कि जुन पुरुषको राशि यी तीन राशिमध्ये कुनै एकपर्छ, ऊ विवाहपछि राम्रो पति वा श्रीमान् साबित हुँदैन।

मीन राशि :
ज्योतिषका अनुसार मीन राशि भएका पुरुषलाई विवाहपछि त्यति राम्रो पनि मानिँदैन । मानिन्छ कि यस राशिका पुरुषले विवाहपछि आफ्नो श्रीमतीमा अनेक खालको दोष निकाल्ने गर्छन् । यो बाहेक मीन राशि भएका पुरुषलाई आफ्ना पत्नी प्रति असुरक्षा को भावना बनिरहन्छ ।

वृष राशि :
वृष राशिका मानिसहरुलाई धेरै नै शान्त र राम्रो स्वाभावको मानिन्छ । भनिन्छ कि जसको राशि वृष हुन्छ उ निकै नै शान्तिले आफ्नो काम गर्ने हुन्छ । तर यस राशिका पुरुष विवाहपछि आफ्नो निजी मतलब पूरा गर्छन् । यिनीहरुले पत्नीलाई धोका त दिँदैनन् तर यिनीहरुको सम्बन्धमा दुवैमा धेरै नै मनमुटाव हुने गर्छ ।

कन्या राशि :
कन्या राशिका महिला र पुरुष दुवै धेरैनै प्रतिभावान् हुन्छन् । तर विवाहपछि पुरुषको कुरा गर्ने हो भने कन्या राशिका पुरुषलाई राम्रो पति मानिँदैन । ज्योतिषका अनुसार कन्या राशिका आफ्नो पत्नीलाई नियन्त्रणमा राख्न चाहने खालका हुन्छन् ।यस राशिका पुरुष प्राय आफ्नो पत्नीको आवाज दबाउन खोज्ने खालका मानिन्छन् ।

यो पनि हेर्नुसः यस्तो छ गरीबी हटाउन भगवान श्रीकृष्णले दिएको उपाय

भगवान् श्रीकृष्णले केही यस्ता वस्तुको वर्णन गर्नुभएको छ जसलाई घरमा राखेर सामान्य मनुष्यले दरिद्रता भगाउन सक्छ।

सनातन धर्मका पौराणिक दस्तावेज र शास्त्रहरूमा मनुष्य जीवनका हरेक ठूलासाना समस्याका समाधान बताइएका छन् ।

महाभारतका अनुसार एकचोटि जेठा पाण्डव युधिष्ठिरले श्रीकृष्णलाई सोधेका थिए, ‘घरमा सधैं सुख समृद्धि रहोस् अनि धनधान्यको कमी नहोस् भन्नका लागि के गर्नुपर्छ ?’

युधिष्ठिरको यस प्रश्नको जवाफमा श्रीकृष्णले केही वस्तुहरू घरमा भएमा दरिद्रता नआउने बताउनुभएको थियो ।

उहाँका अनुसार प्रतिदिन घरमा गाईको घिउले बालेको दियो दान गर्दा अनि घिउबाट भोगप्रसाद चढाउँदा देवीदेवताको कृपा बर्सन्छ । यस्तो गर्दा घरहरूमा दरिद्रताको वास हुँदैन ।

घर आएका पाहुनालाई पानी पिउन दिँदा अशुभ ग्रह टर्छन् । त्यसैले कोही घरमा आउनेबित्तिकै पहिला पानी दिनुस् ।

महलाई पवित्र खाद्यान्न मानिएको छ । यसले घरबाट नकारात्मक ऊर्जा हटाउँछ ।

घरलाई जहिले पनि सफा राख्दा खर्चमा कमी आउँछ र धनधान्य बढ्छ ।

सौर्यमण्डलका ग्रहहरूले मनुष्यको जीवनलाई धेरै प्रभावित पार्छन् । प्रत्येक दिन व्यक्तिले ग्रहको हिसाब अनुसार निधारमा चन्दन लगाउँदा शुभ फल प्राप्त हुन्छ ।

चन्दन निधारमा लगाउँदा शीतलता प्राप्त हुन्छ र पापहरूको नाश पनि हुन्छ । घरमा चन्दन राख्दा त्यसको सुगन्धले नकारात्मक ऊर्जा पनि नष्ट हुन्छ ।

ज्ञान, बुद्धि र संगीतकी देवी सरस्वतीको हातमा वीणा अवश्य हुन्छ । पुराणहरूका अनुसार देवी सरस्वतीलाई कमलको फूलमा बसेको अनि हातमा वीणा समातेको देखिन्छ। कमल हिलोमा फुल्छ तर उसलाई हिलोले छुँदैन । उहाँको चित्र घरमा राख्दा पनि फल पाइन्छ।
(इन्टरनेटखबर डटकम)

 

© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology