फेसबुक मेसेन्जरले ल्यायो नयाँ फिचर, अब म्यासेज डिलिट गर्न सकिने

एजेन्सी । फेसबुक मेसेन्जरले नयाँ फिचर ल्याएको छ। सबैभन्दा बढी प्रयोग गरिने सामाजिक सञ्जाल फेसबुक मेसेन्जरले प्रयोगकर्ताका लागि ‘अनसेन्ड’ फिचर ल्याएको हो।

यो फिचर आए पछि अब फेसबुक मेसेन्जरबाट अरूलाई पठाएको मेसेज सजिलैसँग डिलिट गर्न सकिने भएको छ।यसरी मेसेन्जर युजरले पठाइसकेको मेसेज प्राप्तकर्ताको च्याट बक्समा पुगिसकेपछि पनि ती मेसेजसमेत पठाउनेले सजिलै डिलिट गर्न सक्नेछ।

डिलिट गरिसकेका मेसेज प्राप्त गर्नेको च्याट बक्सबाट पनि स्वतः डिलिट हुनेछन्।यदि मेसेन्जरमार्फत गलत मानिसलाई मेसेज पठाएको वा गलत सूचना पठाए त्यस्तो मेसेज डिलिट गर्न सकिने फिचर आएको हो।

फेसबुकका अनुसार मेसेन्जरमा यसरी पठाइने मेसेज पठाएको १० मिनेटभित्र डिलिट गर्नुपर्नेछ। त्यसपछि सो मेसेज डिलिट गर्न चाहेमा पनि हटाउन सकिने छैन। यो फिचर प्रयोग गर्न आफ्नो स्मार्टफोनमा भएको मेसेन्जर एप अपडेट गर्नुपर्नेछ।

© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology