बीपीएल फाइनल : तमिम इकवालको तुफानी शतक, कोमिलालाई २०० रनको लक्ष्य

काठमाडौं । बंगलादेशमा शुक्रबार सम्पन्न हुने बंगलादेश प्रीमियर लीग (बीपीएल) को शुक्रबार फाइनल भइरहेको छ । फाइलनमा ढाका डाइनामाइट र कोमिला भिक्टोरिन्स भिडेका छन् ।

ढाकामा जारी फाइनल भिडन्तमा डाइनामाइटले टस जितेर पहिला ब्याटिंग गरेको छ ।

ढाकाका लागि तमिम इकवालले तुफानी ब्याटिंग गरेका छन् । उनले ६१ बलमा १४१ रनको तुफानी इनिंग्स खेले । उनले आफ्नो इनिंग्समा ११ छक्का र १० चौका प्रहार गरेका थिए । कुनै पनि बंगलादेशी खेलाडीले टी ट्वान्टी क्रिकेटमा बनाएको यो सबैभन्दा उच्च स्कोरमात्र होइन सबैभन्दा धेरै छक्का पनि हो ।

तमिमको उत्कृष्ट ब्याटिंगको मद्दतमा डाइनामाइटले २० ओभरमा ३ विकेट गुमाएर १९९ रन बनायो । ओपनर इभिन लुइसलाई ६ रनको नीजि स्कोरमा गुमाएको डाइनामाइटका लागि अर्को इण्डबाट तमिमले विस्फोटक ब्याटिंग गर्दै नटआउट इनिंग्स खेले ।

यस्तै एनामुल हकले २४ रन बनाए भने इमारुल कयास १७ रनमा नटआउट रहे ।

कोमिलाका लागि कप्तान सकिब अल हसन र रुबेल हसनले एक एक विकेट लिएका थिए । अहिले जवाफी ब्याटिंग गर्न कोमिला मैदाना उत्रिएको छ ।

© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology