अर्जेन्टिना यू २० विश्व कपमा छनोट

एजेन्सी । पोल्याण्डमा हुने यु–२० विश्वकप फुटबलमा अर्जेन्टिना छनोट भएको छ । पोल्याण्डमा हुने उमेर समुहको विश्वकप फुटबलमा दक्षिण अमेरिकी देशबाट अर्जेन्टिना छनोट हुने पहिलो देश बनेको छ ।

यु–२० विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले ६ पटक जितेको छ ।

विश्वकपमा छनोट हुने क्रममा अर्जेन्टिनाले उरुग्वेलाई २–१ गोल अन्तरले पराजित ग¥यो । अनिबल मोरिनो र गोन्जालो मोरिनोको गोलमा अर्जेन्टिना प्रतियोगितामा छनोट भएको हो ।

तर अर्को दक्षिण अमेरिकी महारथी ब्राजिलले भने इक्वेडरसंग गोल रहित बराबरी खेल्दै अंक बाँडेको छ । पाँच पटकको च्याम्पियन ब्राजिललाई प्रतियोगितामा छनोट हुन अब निकै गाह्रो छ ।

भेनेजुयलालाई हराउँदै कोलम्बियाले छनोटको सम्भावना जिवितै राखेको छ ।

Space for Ads 300px * 160px
© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology