सोमवार, भदौ ९, २०७६ | Monday 26th August 2019

थाइ राजाद्वारा प्रधानमन्त्री चुनावमा दिदीको उम्मेदवारीप्रति असन्तुष्टि प्रकट

  • प्रकाशित मिति : शनिबार, माघ २६, २०७५



  • बैंकक, माघ २६ । थाइल्यान्डका राजा वजिरालोङकर्णले आगामी मार्चमा हुने प्रधानमन्त्रीको चुनावमा आफ्नी दिदी उबोलरत्नाको अप्रत्यासित दाबेदारीलाई अनुचित भएको बताएका छन् ।

    राजा वजिरालोङकर्णले राजदरबारबाटै एक सन्देश जारी गर्दै आफ्नो दिदीको दाबेदारी देशको संस्कृतिको विरुद्ध भएको बताएका हुन् ।

    राजाकी दिदी ६७ वर्षीया राजकुमारी उबोलरत्नाले पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राको पार्टीबाट प्रधानमन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेपछि राजाले असन्तुष्टि जनाएका हुन् ।

    राजदरबारबाट जारी सन्देशमा राजकुमारी उबोलरत्नाले शाही उपाधि छाडे पनि एउटै वंशको सदस्य भएको र त्यस्ता सदस्यले राजनीतिमा आउनु परम्परा र संस्कृतिविरुद्ध हुने भएकाले यो अनुचित हुने उल्लेख छ ।

    सन्देशमा राजपरिवारलाई राजनीतिबाट टाढै राख्नुपर्ने संवैधानिक व्यवस्था भएकोसमेत उल्लेख छ । उबोलरत्ना स्वर्गीय राजा भूमिबोल अतुल्यतेजकी छोरी हुन् ।

    यसअघि थाई राजपरिवार राजनीतिबाट टाढा रहँदै आएकोमा राजकुमारीको उम्मेदवारी घोषणाले यो परम्परा टुटेको छ ।

    विश्लेषकहरुले भने राजाको हस्तक्षेप भए आगामी मार्च २४ मा हुने प्रधानमन्त्री निर्वाचनको चुनावका लागि राजकुमारीलाई अयोग्य घोषित गर्नसक्ने बताएका छन् । यो निर्वाचनलाई पाँच वर्षको सैन्य शासनपछि थाइल्यान्डमा लोकतन्त्र पुनर्बहालीको अवसरका रुपमा लिइएको छ ।

    थाई राक थाई पार्टीका नेता प्रिचापल पोङपानिचले सबै कुरा कानुन अनुसार हुने र उबोलरत्नका लागि विशेष अधिकार र सुविधा नहुने दाबी गरे ।

    अमेरिकी नागरिकसँग विवाह गरेर डिभोर्स गरेकी उबोलरत्नाले राजपरिवारको उपाधि भने विवाहलगत्तै त्यागेकी थिइन् । उबोलरत्नको उम्मेदवारीले सन् २०१४ मा सैन्य ‘कु’ मार्फत सत्तामा आएका प्रायुथ चान ओचालाई धक्का लाग्ने आँकलन गरिएको छ । (एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    ला लिगामा बार्सिलोनाको पहिलो जित, ५-२ ले विजयी
    भरतपुरमा पाँच जनाभन्दा बढी जम्मा हुन नपाइने
    जेट एयरको एयरहोस्टेस भन्दै फेसबुकमार्फत ठगी गर्ने महिला पक्राउ
    हङकङमा प्रदर्शनकारीमाथि गोली प्रहार
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    उडिरहेको विमानमै चोरी गर्ने चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
    ‘श्रीमानले झगडा गर्दैनन्, मायामात्रै गर्छन्, त्यसैले सम्बन्धविच्छेद गरिदिनुपर्यो’
    ९ घटनाः जब बलिउड सुपरस्टारले सताएपछि छिमेकीले पुलिस बोलाए
    रातो बिकिनीमा नेहा धुपियाको जलवा, पतिसँग समुद्रमा मस्ती

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology