सोमवार, भदौ ९, २०७६ | Monday 26th August 2019

साँझपख नगर्नुहोस् यी पाँच काम, धनको नाश हुनेछ

  • प्रकाशित मिति : शनिबार, माघ २६, २०७५



  • धार्मिक मान्यताअनुसार हामीलाई कुनै विशेष समयमा केही विशेष काम गर्न दिइँदैन । यस्तै प्रकारले साँझको समय, जब सूर्यास्त हुन्छ । त्यतिबेला पनि केही काम नगर्न मनु संहिताले मनाही गरेको छ ।

    मनु संहितामा यस्तो भनिएको छ कि सन्ध्याकालमा यदि कुनै व्यक्तिले यस्ता काम गर्यो भने उनले धन नोक्सानीको असर भोग्नु पर्नेछ । साथै उक्त व्यक्ति कालान्तरमा अल्पआयू पनि हुन जान्छन् ।

    मनु संहिताले विशेष गरेर यी चार कामलाई साँझपख नगर्न भनेका छन् ।

    जो यस प्रकार छन्ः

    भोजन गर्नु

    मनु संहितामा लेखिएको छ,
    चत्वारि खलु कार्य्याणि सन्ध्याकाले विवर्जयेत् ।
    आहारं मैथुनं निद्रां स्वाध्यायञ्च चतुर्थकम् ।।

    अर्थात् सन्ध्याकालमा कहिल्यै पनि भोजन गर्नु हुँदैन । किनकी यस्तो गर्नाले तपाईको स्वास्थ्य खराब हुनेछ ।

    यस श्लोकको अन्त्यमा अन्य तीन काम पनि बताइको छ । यस्ता काम पनि सन्ध्याकालमा गर्नु हुँदैन ।

    सहवास गर्नु

    मनु संहिताको यो श्लोककमा उल्लेख गरिएको छ कि साँझको समयमा कुनै पनि पुरुषले स्त्रीसँग सहवास गर्नु (शारीरिक सम्पर्क) गर्नु हुँदैन ।

    साँझपख सुत्नु

    मनु संहिताका अनुसार सन्ध्याकालमा सुत्नाले तपाई गरिब मात्रै हैन, रोगी र अल्पायू पनि हुनुहुनेछ ।

    अध्ययन गर्नु

    मनु संहिताको यो श्लोकमा साँझको समयमा अध्ययन तथा पढाई नगर्न भनेको छ । साँझको समयमा अध्ययन गर्दा ज्ञान नाश हुने मान्यता छ ।-

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    ला लिगामा बार्सिलोनाको पहिलो जित, ५-२ ले विजयी
    भरतपुरमा पाँच जनाभन्दा बढी जम्मा हुन नपाइने
    जेट एयरको एयरहोस्टेस भन्दै फेसबुकमार्फत ठगी गर्ने महिला पक्राउ
    हङकङमा प्रदर्शनकारीमाथि गोली प्रहार
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    उडिरहेको विमानमै चोरी गर्ने चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
    ‘श्रीमानले झगडा गर्दैनन्, मायामात्रै गर्छन्, त्यसैले सम्बन्धविच्छेद गरिदिनुपर्यो’
    ९ घटनाः जब बलिउड सुपरस्टारले सताएपछि छिमेकीले पुलिस बोलाए
    रातो बिकिनीमा नेहा धुपियाको जलवा, पतिसँग समुद्रमा मस्ती

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology