सोमवार, भदौ ९, २०७६ | Monday 26th August 2019

छाला र कपालको सौन्दर्यका लागि तुलसीको प्रयोग गर्ने तरिका

  • प्रकाशित मिति : शनिबार, माघ २६, २०७५



  • तुलसी यस्तो घरेलु जडिबुटी हो जसलाई आयुर्वेदा रामवाण नै मानिन्छ । तुलसीको प्रयोगबाट विभिन्न किसिमका स्वास्थ्य समस्या समाधान गर्न सकिन्छ तर तपाइलाई थाहा नहुनसक्छ कि तुलसीको प्रयोग रुप रंग वा सुन्दर देखिनको लागि पनि गर्ने गरिन्छ ।

    तुलसीमा कति यस्तो औषधीय गुण पाईन्छ जसले त्वचा तथा कपालसँग जोडिएका समस्यालाई समाधान गर्छ । आज हामी कपाल र छालाका लागि तुलसीको उपयोगिता बारे चर्चा गर्नेछौँ ।

    डण्डीफोरबाट छुटकारा पाउन सकिन्छ

    यदि तपाइ डण्डीफोरबाट दिक्क हुनभएको छ भने तुलसीको प्रयोग गर्नुहोस् । जसको लागि तुलसी र नीमको पातलाई एकसाथ पिस्ने र लेप तयार गर्ने । उक्त लेपमा थोरै मह मिसाएर डण्डीफोरमा लगाउने र सुकेपछि पखाल्ने । यस्तो नियमित रुपमा गर्ने हो भने डण्डीफोरबाट छुटकारा पाईन्छ ।

    कपालमा परेको चाँयाबाट छुटकारा पाउन सकिन्छ
    यदि तपाइ चाँया परेर हैरान हुनुभएको छ भने तुलसीको लेप बनाएर अमलाको पाउडरमा मिलाउनुहोस् । तयार भएको लेपलाई कपालमा लगाउनुहोस् र केही समयपछि पखाल्नुहोस् । यसो गर्नाले चाँया हट्छ ।
    दाँतमा चमक लेराउन सहयोगीसिद्ध हुन्छ
    दाँतमा पहेँलोपन देखिनु आम समस्या हो । यस्तो समस्याको समाधान गर्नका लागि तुलसीको पातलाई सुकाएर पाउडर बनाउनुहोस् । उक्त पाउडरलाई सुन्तलाको बोक्राको धुलोमा मिसाएर लेप बनाउनुहोस् र यस्तो लेपले दैनिक दाँत माझ्ने गर्नुहोस् । यसो गर्नाले तपाइको दाँतमा चमक आउँछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    ला लिगामा बार्सिलोनाको पहिलो जित, ५-२ ले विजयी
    भरतपुरमा पाँच जनाभन्दा बढी जम्मा हुन नपाइने
    जेट एयरको एयरहोस्टेस भन्दै फेसबुकमार्फत ठगी गर्ने महिला पक्राउ
    हङकङमा प्रदर्शनकारीमाथि गोली प्रहार
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    उडिरहेको विमानमै चोरी गर्ने चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
    ‘श्रीमानले झगडा गर्दैनन्, मायामात्रै गर्छन्, त्यसैले सम्बन्धविच्छेद गरिदिनुपर्यो’
    ९ घटनाः जब बलिउड सुपरस्टारले सताएपछि छिमेकीले पुलिस बोलाए
    रातो बिकिनीमा नेहा धुपियाको जलवा, पतिसँग समुद्रमा मस्ती

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology