सोमवार, भदौ २, २०७६ | Monday 19th August 2019

प्रहरी ऐनको प्रक्रिया सुरु

  • प्रकाशित मिति : शनिबार, माघ २६, २०७५



  • विराटनगर — प्रदेश १ ले प्रदेश प्रहरी ऐन बनाउने प्रक्रिया सुरु गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ‘प्रदेश प्रहरी सेवासम्बन्धी विधेयक’ को मस्यौदा बनाउन आर्थिक मामिला तथा योजना मन्त्रालयसँग स्वीकृतिका लागि पत्र पठाएको छ । ‘कति प्रहरी चाहिन्छ, कस्तो मोडलमा बनाउने भन्नेमा छलफल सुरु भएको छ,’ आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव गोपालप्रसाद पराजुलीले भने, ‘मस्यौदा बनाउने प्रक्रिया अघि बढाएका छौं, आर्थिक मामिला तथा योजना मन्त्रालयबाट स्वीकृति आएपछि थप काम हुन्छ ।’
    आर्थिक मन्त्रालयबाट स्वीकृत भएपछि मन्त्रिपरिषदमा पठाइन्छ । मन्त्रिपरिषदको स्वीकृतिपछि मस्यौदा बन्न सुरु हुन्छ । सुझावसहित मस्यौदा समितिले तयार पारेको मस्यौदा फेरि मन्त्रिपरिषदमा पठाइन्छ । त्यहाँबाट स्वीकृति पाएपछि प्रदेशसभा सचिवालयमा विधेयक दर्ता हुन्छ ।

    यी प्रक्रिया पूरा गर्न कम्तीमा २ महिना लाग्छ । प्रदेश सरकारले सकेसम्म चालु अधिवेशनमा विधेयक ल्याउने तयारी गरेको छ । प्रदेश २ को सभाले ‘प्रदेश प्रहरी विधेयक’ पारित गरिसकेको छ ।

    ‘आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट पत्र आएको छ,’ आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोले भने, ‘चाँडै स्वीकृित दिन्छौं ।’ १४ जिल्ला रहेको प्रदेश १ को जनसंख्या ४५ लाखभन्दा बढी छ । प्रदेशका लागि १२ हजारभन्दा बढी प्रहरी आवश्यक पर्छ ।

    अहिले करिब १२ हजार नेपाल प्रहरीको दरबन्दी छ । ३ हजार प्रहरी दरबन्दी खाली रहेको प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआइजी केदार रिजालले बताए । जनसंख्यालाई हेर्ने हो भने अब प्रदेश प्रहरीका लागि १२ हजारभन्दा बढी आवश्यक पर्ने रिजालको भनाइ छ ।

    संघीय सरकारले प्रहरी ऐन बनाएपछि सातै प्रदेशका विज्ञ समिति गठन गरी हरेक प्रदेशलाई कति प्रहरी संख्या आवश्यक पर्छ भन्ने तथ्यांक दिएपछि दरबन्दी निर्धारण गरिनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कृषि उत्पादनमा फड्को मार्दै मकवानपुरगढी, दुधबाट दैनिक १० लाख आम्दानी
    कश्मीरको विशेष मान्यता खोसिएपछि भारतका अन्य राज्यको भविष्यबारे चिन्ता
    अनुष्काले शेयर गरेको बिकिनी फोटोमा विराट कोहलीको खास कमेन्ट !
    ‘स्मिथ ढल्दा सबैको धड्कन रोकिएको थियो’
    घर टहरा भत्काएको विरोधमा नगरकोट बन्द
    रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप, चितवन तनावग्रस्त
    शालिकरामले झुण्डिन डोरी किनेको सिसिटिभीमा देखियो
    तीन पल्ट विहारको मुख्यमन्त्री भएका मिश्राको निधन
    चितवनमा तनाव भएपछि प्रशासनले गर्यो सर्वदलीय बैठक, मानवअधिकारीवादी संगठनहरुको पनि अपील
    बुधबार काठमाडौं आउँदै भारतीय विदेशमन्त्री एस जयशंकर

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology