सोमवार, भदौ २, २०७६ | Monday 19th August 2019

दूधमा दालचिनी मिसाएर पिउँदा हुने फाइदाहरु

  • प्रकाशित मिति : शनिबार, माघ २६, २०७५



  • काठमाण्डौँ, दालचिनीलाई आयुर्वेदमा निकै गुणकारी र विभिन्न समस्याको समाधानको रामवाण नै मानिन्छ । भान्छामा पाक्ने परिकारको स्वाद बढाउने देखि विभिन्न स्वास्थ्य समस्या समाधान गर्न दालचिनी लाभदायक मानिन्छ ।

    स्वास्थ्य र सुन्दरता दुवैको लागि राम्रो मानिने दालचिनीलाई दूधमा मिसाएर पिउँदा हुने फाइदाको बारेमा आज हामी जानकारी दिनेछौँ ।

    राम्रो पाचनको लागि लाभदायक
    यदि तपाइले खानुभएका खानेकुराहरु राम्रोसँग पचेको छैन भने दालचिनी युक्त दूध पिउनुहोस् । यसले ग्यासको समस्यालाई पनि समाधान गर्छ ।
    रगतमा हुने चिनीको मात्रालाई सन्तुलित राख्छ ।

    कतिपय अध्ययनले बताएअनुसार दालचिनी मिसाएर दूध पिउने गर्नाले रगतमा हुने चिनीको मात्रालाई सन्तुलनमा राख्छ । यस प्रकारको दूधले विशेष गरेर टाइप टू नामक सुगर रोगीलाई फाइदा गर्छ ।
    मीठो निन्द्राको लागि लाभदायक

    यदि तपाइ अनिन्द्रा जस्ता समस्याबाट पीडित हुनुहुन्छ भने आजैदेखि दालचिनी मिसाएर दूध पिउने गर्नुहोस् ।
    चम्किलो कपाल र छाला सम्बन्धी समस्या समाधानको लागि उपयुक्त

    दूधमा दालचिनी मिसाएर पिउने गर्नाले छाला सम्बन्धी विभिन्न समस्यालाई समाधान गर्छ । यसमा हुने एन्टीब्याक्टेरियल गुणले छाला तथा कपालमा हुने इक्फेक्शनबाट जोगाउँछ ।
    बलियो हड्डीको लागि मद्दत ।

    यदि तपाइ हड्डी बलियो बनाउन चाहनुहुन्छ भने नियमित दालचिनी मिसाएको दूध पिउने गर्नुहोस् ।
    बनाउने तरिका

    एक कपमा दूधमा एक वा दुई चम्चा दालचिनीको धुलो मिसाउने र त्यसलाई चम्चाको सहायताले राम्रोसँग फिट्नुहोस् । अनि तयार भएको दूध पिउनुहोस् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कृषि उत्पादनमा फड्को मार्दै मकवानपुरगढी, दुधबाट दैनिक १० लाख आम्दानी
    कश्मीरको विशेष मान्यता खोसिएपछि भारतका अन्य राज्यको भविष्यबारे चिन्ता
    अनुष्काले शेयर गरेको बिकिनी फोटोमा विराट कोहलीको खास कमेन्ट !
    ‘स्मिथ ढल्दा सबैको धड्कन रोकिएको थियो’
    घर टहरा भत्काएको विरोधमा नगरकोट बन्द
    रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप, चितवन तनावग्रस्त
    शालिकरामले झुण्डिन डोरी किनेको सिसिटिभीमा देखियो
    तीन पल्ट विहारको मुख्यमन्त्री भएका मिश्राको निधन
    चितवनमा तनाव भएपछि प्रशासनले गर्यो सर्वदलीय बैठक, मानवअधिकारीवादी संगठनहरुको पनि अपील
    बुधबार काठमाडौं आउँदै भारतीय विदेशमन्त्री एस जयशंकर

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology