हीराको औंठी लगाउन मन थियो पैसा थिएन, नक्कली किनेर लगाइन्, ३० वर्षपछि…

लण्डन। हीरा लगाउने चाहना धेरैलाई हुन्छ तर त्यो चाहना पूरा गर्न निकै कठिन हुन्छ । धेरैको यस्तो चाहना पूरा हुन पाउँदैन । बेलायतकी एक महिलाको पनि हीराको औंठी लगाउने चाहना थियो तर पूरा हुन सकेको थिएन किनकि उनीसँग हीरा किन्ने पैसा थिएन । यस्तोमा उनले बजारमा एउटा नक्कली औंठी खोजिन् जो झट्ट हेर्दा सक्कली हीराको औंठीजस्तै थियो । ती महिलाले करिब ३० वर्षसम्म त्यो औंठी लगाइन् । त्यसपछि उनलाई एक दिन त्यो औंठी बेच्न मन लाग्यो तर जब उनी बेच्न गइन् उनलाई यस्तो कुरा थाहा भयो जुन उनलाई विश्वासै नलाग्ने थियो ।

महिलाका अनुसार उनले ३० वर्षअघि हीराजस्तै देखिने नक्कली औंठी किनेर ल्याएकी थिइन् । त्यतिबेला उनले त्यो औंठी १० पाउण्ड (१४०० नेपाली रुपैयाँ)मा किनेकी थिइन् । औंठी हीराजस्तै देखिन्थ्यो यो देखेर महिला निकै खुसी थिइन् । उनले त्यो औंठी ३० वर्षसम्म लगाइन् । ३० वर्षपछि महिलालाई औंठी बेच्न मन लाग्यो र यसको लागि उनले एक व्यक्तिसँग सम्पर्क गरिन् । जब ती व्यक्तिले औंठी देखे उनले महिलालाई किन औंठी बेच्न लागेको भनेर सोधे । महिलाले पनि औंठीमा जडिएको हीरा नक्कली भएकोले बेच्न लागेको बताइन् ।

त्यसपछि ती व्यापारीले बताए कि जुन औंठीलाई उनले नक्कली सम्झेर विगत ३० वर्षसम्म लगाइन् त्यो औंठी सक्कली हीराको औंठी थियो । महिलालाई यो सुनेर विश्वासै लागेन् । तर, ती व्यापारीले राम्रोसँग जाँच गरेर त्यो सक्कली हीरा नै भएको ठहर गरे । व्यापारीका अनुसार त्यो औंठीमा जडिएको हीरा २६.२७ क्यारेटको थियो । त्यसपछि महिला हीरा विशेषज्ञकहाँ गइन् जसले उनलाई हीरा लिलाम गर्न सल्लाह दिए । जाँचमा हीरा निकै प्राचीन भएको थाहा भयो । लिलामीमा त्यो हीरा ६ लाख ५७ हजार पाउण्ड (९ करोड ६८ लाख नेपाली रुपैयाँ)मा बिक्री भयो । सबै कर काटेर पनि महिलाले करिब ७ करोड रुपैयाँ बराबर रकम पाइन् ।

© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology