मोटरसाईकल दुर्घटनामा परि सुस्तामा दुई जनाको मृत्यु

नवलपरासी पश्चिम। पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर २ कुडियाँ स्थित ठुलो नहरको छेउमा रहेका साईफ्नको रेलिङ्गमा ठोक्किदा दुईजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा प्रतापपुर गाउँ पालिका ९ प्रतापपुर बस्ने २७ वर्षिय पदम नारायण चौधरि र सोहि ठाउँ बस्ने इशवर चौधरी रहेका छन्।

ईलाका प्रहरी कार्यालय बेलाटारीले दिएको जानकारी अनुसार गएराति पानी परिराखेको बेला महलवारीबाट प्रतापपुर तर्फ जाँदै गरेको लु २७ प ४१६९ नम्बरको मोटरसाईकल साईफनको रेलिङ्गमा ठोकिदाँ सो दुर्घटना भएको प्रहरीले जनाऐको छ।

दुर्घटनामा परि एक जनाको रेलिङ्गबाट तल पानिमा खस्दा मृत्यु भऐको हो भने अर्का एकजनाको उपचारका लागि पृथ्वी चन्द स्पताल परासी लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतकका शवको मुचलका उठाई पोष्ट मार्टमका लागि पृथ्वी चन्द स्पताल परासी पठाईएको ईलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ।

© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology