डा.सुरेन्द्र गर्जीए: हामी किन धनी नहुने, नेताहरु प्रति जनताको आक्रोश छ

प्राध्यापक डाक्टर सुरेन्द्र केसीले वर्तमान सरकार र पार्टीहरूको चरित्रलाई लोकतान्त्रिक सामान्तबादी चरित्रको रुपमा प्रश्न उठ्न थालेको र त्यो स्वभाविक भएको तर्क प्रस्तुत गर्नु भएको छ ।

रिपोर्टस क्लबमा आयोजित एक कार्यक्रममा बोल्दै डाक्टर केसीले वर्तमान राजनीतिक पार्टीहरूको जन्म र आएको राजनैतिक परिवर्तनको औचित्य के थियो भन्ने कुरा आज प्रश्नचिन्ह भएर देखा परेको बताउनु भयो ।

परम्परागत सामान्तबादीहरु भन्दा फरक खालका जननिर्वाचित सामन्तहरुलाई नै लोकतान्त्रिक सामन्त भनिएको हुनसक्ने परिभाषा गर्दै डा केसीले लोकतान्त्रिक सामान्तबादले कहाँ कहाँ कसरी आफ्नो चरित्र र व्यवहारलाई जनविरोधी र देश विरोधी भ्रष्टिकरण गरेको छ भन्ने विषयमा टिप्पणी गर्दै यस्तै अवस्थाले देश र लोकतन्त्र बाच्न नसक्ने सङ्केत समेत गर्नु भएको छ ।

जनताले सुखी र सम्पन्न बन्न नहुने भन्ने प्रश्न गर्दै आफूमात्र समृद्ध बन्ने र जनतालाई दास बनाइराख्ने चरित्र सामन्ती चरित्र भएकाले देश आज पनि नयाँ सामन्तीद्वारा आक्रान्त रहेको धारणा व्यक्त गरेका छन्

© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology