सोमवार, भदौ २, २०७६ | Monday 19th August 2019

फेरि भारत–चीन सम्बन्धमा चिसोपना, अरुणाचलबारे विवाद

  • प्रकाशित मिति : शनिबार, माघ २६, २०७५



  • एजेन्सी । चीनले भारतीय प्रधानमन्त्रीले अरुणाचल प्रदेशको भ्रमण गरेकोमा विरोध जनाएको छ । भारतीय नेतृत्वले अरुणाचलमा कुनै काम गर्नुभन्दा पहिला सीमामा हुने विवादबारे सोच्नुपर्ने बताएको छ । चीनले यस्तो भ्रमणले सीमा समस्या जटिल बनाउने चेतावनी दिएको छ ।

    उता भारतले भने चनीको विरोधप्रति असन्तिुष्टि जनाएको छ । भारतले अरुणाचल प्रदेश भारतको अंग भएको चीनलाई जवाफ दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुयिंगले मोदीको अरुणाचल प्रदेश भ्रमणबारे सोधिएको प्रश्नको जवाफ दिँदै भनेकी छन्, ‘चीन–भारत सीमाका विषयमा चीन स्पष्ट रहेको छ ।’ उनले चीन सरकारले कहिल्यै पनि अरुणाचल प्रदेशलाई मान्यता नदिएको बताएकी छन् । र अरुणाचलमा भारतीय नेताको भ्रमणको विरोध जारी रहने बताइन् ।

    चीनको विदेश मन्त्रालयको वेबसाइटमा हुआले जारी गरेको विज्ञप्तिमा भारतले दुई देशको साझा हितलाई ध्यान दिनुपर्ने उल्लेख गरिएको छ । र यस्ता कुनै पनि कदम नचाल्न चीनले भारतलाई आग्रह गरेको छ, जसले दुई देशबीचको सम्धन्धमा समस्या उत्पन्न होस ।

    यता भारतीय विदेश मन्त्रालयका प्रवक्ताले समय समयमा भारतीय नेताले अरुणाचलको भ्रमण गरिरहने बताएका छन् ।

    चीनले अरुणाचललाई तिब्बतको एक अंग मान्दै आएको छ । भारत र चीनबीच सीमा समस्या समधान गर्न हालसम्म २१ चरणसम्म वार्ता भएको छ ।

    भारतीय प्रधानमन्त्री मोदीले शनिबार अरुणाचल प्रदेशको भ्रमण गरेर ४ हजार करोड रुपैयाँ बराबरका विभिन्न परियोजना उद्घाटन गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology