सोमवार, भदौ ९, २०७६ | Monday 26th August 2019

यात्रुवाहक बसदुर्घटनामा १४ घाइते

  • प्रकाशित मिति : आइतवार, माघ २७, २०७५



  • धादिङ, २६ माघ (रासस): धादिङबेसीबाट नलाङ ठाँटीतर्फ जाँदै गरेको बा३ख २७३१ नंको यात्रुवाहक बस आज दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

    अत्यधिक गतिमा गुडेको बस नीलकण्ठ नगरपालिका–८ ससाहस्थित एउटा भ्यानलाई ठक्कर दिएर सडक छेउको जाली लगाइएको पर्खालमा ठोक्किएर दुर्घटना भएको थियो ।

    बसमा ३५ यात्रु सवार थिए । घाइते तीनलाई थप उपचारका लागि काठमाडौँको ट्रमा सेन्टरमा पठाइएको छ । घाइते अन्य ११ को जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

    सवारी चालक ३५ वर्षीय शिव सिलवाललाई प्रहरीले निगरानीमा राखेर ट्रमा सेन्टरमा उपचार गराइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टले जानकारी दिनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    ला लिगामा बार्सिलोनाको पहिलो जित, ५-२ ले विजयी
    भरतपुरमा पाँच जनाभन्दा बढी जम्मा हुन नपाइने
    जेट एयरको एयरहोस्टेस भन्दै फेसबुकमार्फत ठगी गर्ने महिला पक्राउ
    हङकङमा प्रदर्शनकारीमाथि गोली प्रहार
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    उडिरहेको विमानमै चोरी गर्ने चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
    ‘श्रीमानले झगडा गर्दैनन्, मायामात्रै गर्छन्, त्यसैले सम्बन्धविच्छेद गरिदिनुपर्यो’
    ९ घटनाः जब बलिउड सुपरस्टारले सताएपछि छिमेकीले पुलिस बोलाए
    रातो बिकिनीमा नेहा धुपियाको जलवा, पतिसँग समुद्रमा मस्ती

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology