सोमवार, भदौ ९, २०७६ | Monday 26th August 2019

संसारभर लोकप्रिय कौवा र मयूरको कथा, जसले तपाइँको आँखा खोलिदिन् (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

  • प्रकाशित मिति : आइतवार, माघ २७, २०७५



  • जंगलमा एउटा काग बस्दथ्यो । ऊ निकै खुसी थियो । यत्तिकैमा एकदिन उसले एउटा सेतो हाँस देख्यो । हाँसलाई नजिकबाट नियाल्दै उसले सोच्यो, ‘यो हाँस कति सेतो छ, तर म यस्तो कालो । यो त संसारकै सबैभन्दा खुसी र सुन्दर चरा होला ।’ उसले हाँसलाई भेटेर यो कुरा सुनायो ।

    कागको कुरा सुनिसकेपछि हाँसले भन्यो, ‘जबसम्म दुई रंगवाला सुगा देखेको थिइन, त्यति बेलासम्म त मलाई पनि म नै संसारको सबैभन्दा खुसी र सुन्दर छु, जस्तो लाग्दथ्यो । तर अहिले मलाई लाग्छ, त्यही सुगा संसारकै सबैभन्दा खुसी सुन्दर चरा हो ।’ त्यसपछि कागले सुगालाई पनि भेट्ने निश्चय गर्‍यो ।

    सुगाको नजिक गएर उसले भन्यो, ‘तिमी त कति खुसी होलाउ है ! सायद संसारकै सबैभन्दा सुन्दर र खुसी रहने पन्छी ।’ त्यसपछि सुगाले भन्यो, ‘मयूरलाई देख्नुअघि त म पनि यस्तै सोच्दथेँ । हरेक दिन खुसीसाथ बित्दथ्यो र सुखी पनि थिएँ । तर जब मयूरलाई देखेँ, त्यसपछि लाग्यो, ‘जाबो दुईवटा रंग भएको म त के सुन्दर ! सुन्दर त त्यो मयूर हो, जससँग दर्जनौँ रंगहरु छ । कति खुसी होला मयूर !’

    सुगाको कुरा सुनिसकेपछि कागले मयूरलाई पनि भेट्न चाह्यो । मयूरलाई भेट्ने उद्देश्यले ऊ नजिकैको चिडियाघरमा पुग्यो । मयूरलाई हेर्न त्यहाँ सयौँ मानिसहरु झुम्मिएका थिए । देख्दा पनि निकै सुन्दर थियो त्यो मयूर । कागले एकछिन चुपचाप बसेर सबै गतिविधि नियाल्यो । मानिसहरु गइसकेपछि ऊ मयूरको नजिक गयो ।

    अनि भन्यो, ‘तिमी त कति सुन्दर छौ । यति धेरै रंग तिम्रो शरीरमा छ । तिमीलाई देख्ने जो कोही पनि मोहित् हुन्छन् । कति खुसी छौ होला है ?’ मयूर बोल्यो, ‘मलाई हमेशा लाग्थ्यो म नै संसारको सबैभन्दा खुसी र सुन्दर पन्छी हुँ । तर पछि महसुस भयो, मेरो यही सुन्दरताको कारण नै चिडियाघरमा थुनिएको छु ।

    मैले यो चिडियाघरलाई निकै ध्यानपूर्वक नियालेँ । म जस्तै अन्य धेरै सुन्दर पन्छीहरु यहाँ थुनिएका रहेछन् । तर कौवालाई कतै देखिन । माथितिर हेरेँ कौवाहरु आफ्नै संसारमा मस्त थिए । जता मन लाथ्यो त्यतै पुग्थे, जे मन लाग्यो त्यही खान्थे ! त्यसपछि आजभोलि मेरो दिमागमा एउटा कुरा घुमिरहन्छ, ‘यदि म पनि कौवा भएर जन्मिएको थिएँ भने कति खुसी हुन्थेँ होला !’

    मयूरको कुरा सुनिसकेपछि कौवाले निश्चय गर्‍यो, ‘म नै सबैभन्दा खुसी रहने प्राणी हुँ ।’ त्यसपछि खुसी हुँदै फर्किएको कौवाले कहिले अरुसँग आफूलाई तुलना गरेन । अनि पहिलेजस्तै सुखसाथ बस्न थाल्यो ।

    सन्देश:

    यो कथाले निकै राम्रो शिक्षा दिएको छ । कौवा सोच्थ्यो हाँस सबैभन्दा खुसी छ, हाँसलाई लाग्थ्यो म त के हो र त्यो सुगा पो खुसी छ, उता सुगा मयूरको सुन्दरता देखेर मोहित थियो ।

    उसलाई मयूर नै सबैभन्दा खुसी छ जस्तो लाग्थ्यो । तर मयूरको नजरमा कौवा सबैभन्दा खुसी थियो । यसबाट के प्रस्ट हुन्छ भने अरुसँगको तुलनाले आफूलाई सधैँ दु:खी तुल्याउँछ । त्यसैले आफूसँग जे छ त्यसमा खुसी हुन सिक्नुहोस् । सारा समस्या र पीडाहरु विस्तारै हल हुँदै जानेछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    ला लिगामा बार्सिलोनाको पहिलो जित, ५-२ ले विजयी
    भरतपुरमा पाँच जनाभन्दा बढी जम्मा हुन नपाइने
    जेट एयरको एयरहोस्टेस भन्दै फेसबुकमार्फत ठगी गर्ने महिला पक्राउ
    हङकङमा प्रदर्शनकारीमाथि गोली प्रहार
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    उडिरहेको विमानमै चोरी गर्ने चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
    ‘श्रीमानले झगडा गर्दैनन्, मायामात्रै गर्छन्, त्यसैले सम्बन्धविच्छेद गरिदिनुपर्यो’
    ९ घटनाः जब बलिउड सुपरस्टारले सताएपछि छिमेकीले पुलिस बोलाए
    रातो बिकिनीमा नेहा धुपियाको जलवा, पतिसँग समुद्रमा मस्ती

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology