सोमवार, भदौ ९, २०७६ | Monday 26th August 2019

रियल मड्रिड ला लिगाको दोस्रो स्थानमा

  • प्रकाशित मिति : आइतवार, माघ २७, २०७५



  • काठमाडौं, माघ २७ । रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा डर्बी क्लब एट्लेटिको मड्रिडलाई ३–१ गोलअन्तरले पराजित गर्दै रियल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको हो ।

    एट्लेटिकोको मैदानमा भएको खेलमा रियललाई जित दिलाउन कासिमिरो, सर्जियो रामोस र ग्यारेथ बेलले एक–एक गोल गरे । एट्लेटिकोका एन्टोनियो ग्रिजम्यानले एक गोल फर्काए ।

    १० खेलाडीमा सीमित एट्लेटिकोविरुद्ध १६ औं मिनेटमा कासिमिरोको गोलबाट रियलले अग्रता बनाएको थियो । तर, खेलको २५ औं मिनेटमा घरेलु टोलीका ग्रिजम्यानले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । ४३ औं मिनेटमा कप्तान रामोसले पेनाल्टीमा गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए । खेलको ७४ औं मिनेटमा बेलले गोल गर्दै रियललाई ३–१ को जित दिलाए ।

    जितसँगै रियलले २३ खेलबाट ४५ अंक जोडेको छ । रियलले एट्लेटिकोलाई एक अंकले पछिपार्दै दोस्रो स्थानमा उक्लिएको हो । एट्लेटिकोको ४४ अंक छ । रियल लिग लिडर बार्सिलोना भन्दा ५ अंकले पछि छ । बार्सिलोनाको ५० अंक छ ।

    ला लिगाअन्तर्गत गएराति नै भएको अर्को खेलमा गेटाफेले सेल्टा भिगोलाई ३–१ गोलले पराजित गरेको छ । त्यस्तै स्पालियोलले रायो भाल्कानोलाई २–१ ले पराजित गर्दा हुस्काले जेरोनालाई २–० गोलले पराजित गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    ला लिगामा बार्सिलोनाको पहिलो जित, ५-२ ले विजयी
    भरतपुरमा पाँच जनाभन्दा बढी जम्मा हुन नपाइने
    जेट एयरको एयरहोस्टेस भन्दै फेसबुकमार्फत ठगी गर्ने महिला पक्राउ
    हङकङमा प्रदर्शनकारीमाथि गोली प्रहार
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    उडिरहेको विमानमै चोरी गर्ने चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
    ‘श्रीमानले झगडा गर्दैनन्, मायामात्रै गर्छन्, त्यसैले सम्बन्धविच्छेद गरिदिनुपर्यो’
    ९ घटनाः जब बलिउड सुपरस्टारले सताएपछि छिमेकीले पुलिस बोलाए
    रातो बिकिनीमा नेहा धुपियाको जलवा, पतिसँग समुद्रमा मस्ती

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology