सोमवार, भदौ ९, २०७६ | Monday 26th August 2019

सौन्दर्यतालाई सधै आफूसँगै राख्ने केही टिप्सहरू…

  • प्रकाशित मिति : मङ्लबार, माघ २९, २०७५



  • हरेक मानिस सुन्दर बन्न चाहन्छ । आफ्नो सुन्दरताले अन्य मानिसलाई आफूप्रति आकर्षित गर्ने चाहना हर कोहीमा हुन्छ । आफ्नो शरीरलाई सुन्दर र राम्रो भनिदिओस भन्ने चाहना सबैमा हुन्छ तर यसका लागी आफूमा सुन्दरता कायम राख्नु आवश्यक हुन्छ ।

    शरीर तथा अनुहारमा सुन्दरता कायम राख्न सकेमात्र अरूको नजरमा सहजै परिन्छ । शरीरको सुन्दरतामा निखार ल्याउनका लागि र यथास्थितिमा राख्नका लागि बाह्य तत्वको पनि समायानुकूल प्रयोग गर्नुपर्छ तर यसरी बाह्रय सामानको प्रयोग गर्दा पनि विचार भने पुर्याउनु पर्छ । यहाँ केही त्यस्ता टिप्सहरू छन् जुन सौन्दर्यताका लागि प्रयोग गर्न सकिन्छ ।
    १. दैनिक हेरचाहले पनि छालालाई सुन्दरता दिन्छ ।

    २. अनुहारको छाला अति नै सुख्खा छ र संवेदनशील भएको अवस्थामा साबुनको प्रयोग गर्नुहुदैँन । हातले पटक-पटक अनुहार छोइरहनु हुदैँन ।
    ३. यदि अनुहारमा चिल्लो र सुख्खा छ भने दिनमा दुइपटक कुनै पनि मेडिकेटेड साबुनले अनुहार धुनु राम्रो हुन्छ । त्यसपछि राम्ररी पानीले अनुहार धोएर स्किन टोनिक लगाउनुपर्छ ।
    ४. कहिल्यै पनि आँखाको वरिपरि भएको छालामा मसाज गर्नुहुँदैन । त्यसका लागि क्लिन्जिङ जेल लगाएर आँखाको मेकअप गर्नुपर्छ ।
    ५. यदी तपाईको आँखामा कालो दाग छ भने बदाम (हाडे बदाम) को क्रिम लगाएर १० मिनेटपछि धुने गरे कालो दाग हटन सक्छ ।
    ६. नुहाउँदा आङमा लामो डन्डा भएको ब्रस प्रयोग गर्नुपर्दछ । कुइनातिर कुनै कडा तौलियामा साबुन लगाएर दल्नुपर्छ ।
    ७. सकेसम्म नरम सेम्पुको प्रयोग गनुपर्छ । सेम्पु बढी प्रयोग गर्दा भने कुनै असर गर्दैन ।
    ८. हेना (मेहन्दी) एउटा कन्डिसनर हो, जसले कपाललाई बलियो राख्न मद्दत गर्छ ।
    ९. तेलले सुख्खा र बिग्रेको, हाँगा आएको केशलाई ठीक राख्न मद्दत गर्छ । डन्डिफोरलाई ठीक गर्न पनि मद्दत गर्छ । कपाललाई बढाउन कस्टर तेलले मद्दत गर्छ ।
    १०. यदि कपाल बढी भिजेको छ भने कपालमा ब्रस गर्नु हुँदैन । त्यसको बदलामा ठूलो दाँती भएको काइँयोले कोर्नुपर्छ । सकेसम्म हेयर ड्रायर कम प्रयोग गर्नुपर्छ । हेयर ड्रायरको बढी प्रयोगले कपाल बिग्रिन सक्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    ला लिगामा बार्सिलोनाको पहिलो जित, ५-२ ले विजयी
    भरतपुरमा पाँच जनाभन्दा बढी जम्मा हुन नपाइने
    जेट एयरको एयरहोस्टेस भन्दै फेसबुकमार्फत ठगी गर्ने महिला पक्राउ
    हङकङमा प्रदर्शनकारीमाथि गोली प्रहार
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    उडिरहेको विमानमै चोरी गर्ने चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
    ‘श्रीमानले झगडा गर्दैनन्, मायामात्रै गर्छन्, त्यसैले सम्बन्धविच्छेद गरिदिनुपर्यो’
    ९ घटनाः जब बलिउड सुपरस्टारले सताएपछि छिमेकीले पुलिस बोलाए
    रातो बिकिनीमा नेहा धुपियाको जलवा, पतिसँग समुद्रमा मस्ती

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology