सोमवार, भदौ २, २०७६ | Monday 19th August 2019

छोटो समयमै कालीप्रसादका ३ वटा गीत भाइरल भए

  • प्रकाशित मिति : मङ्लबार, माघ २९, २०७५



  • पारि त्यो डाँडामा, नीर जहिले रिसाउने, ठमेल बजारजस्ता गीतका गायक एवं संगीतकार हुन् कालीप्रसाद बाँस्कोटा ।

    तपाईंले गाएका प्राय: गीत चल्नुको कारण के होला ?

    अहिलेको ट्रेन्डमा एडजस्ट हुन जानेको भन्दा हुन्छ । म मानवीय चाहनालाई मध्यनजर गरी गीत बनाउँछु, त्यही भएर सबैले रुचाउनुभयो ।

    तपाईंका प्रशंसक कस्ता छन् ?

    बालबालिकाहरू नै बढी छन् । उनीहरू यी गीतमा मज्जाले नाच्छन्, गाउँछन् । यद्यपि युवादेखि वृद्धवृद्धासम्मले मन पराएका छन् मेरा गीत ।

    तपाईं पहिले कम्पोजर हुनुहुन्थ्यो होइन ?
    हो, विगत १० वर्षदेखि अहिलेसम्म पनि म्युजिक कम्पोज गर्दैछु । मैले मञ्जरी, भिसा गर्ल, मालतीको भट्टी, रेशम फिलिलीजस्ता धेरै गीत कम्पोज गरेको छु ।

    क्रेजकै कारण संगीतमा लाग्नुभएको हो ?

    गायकको तुलनामा कम्पोजर, वाद्यवादकहरू सधै पछाडि नै हुन्छन् । थोरै क्रेजमा आउने लोभ पनि हो तर मैले पारि त्यो डाँडामा गीतका लागि अरू गायक नजुरेकाले आफै गाएको हुँ । त्यो गीत भाइरल भएपछि ममा गाउने चाहना पनि बढ्यो ।

    गायनमा लागेको दुई वर्षमै यत्तिको चर्चा कमाउँदा कस्तो लागिरहेको छ ?

    अचम्म मानिरहेको छु । छोटो समयमै ३ वटा गीत भाइरल भए । यद्यपि मैले यत्तिकैमा चित्त बुझाएको छैन ।

    कुन–कुन गायिकासँग युगल गीत गाउनुभयो ?

    सोमिया बराइली, माण्डवी त्रिपाठी तथा मीना निरौलासँग ।

    अब कोसँग गाउने रहर छ ?

    नेपालका सबैजसो गायिकासँग युगल गीत गाउने रहर छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कृषि उत्पादनमा फड्को मार्दै मकवानपुरगढी, दुधबाट दैनिक १० लाख आम्दानी
    कश्मीरको विशेष मान्यता खोसिएपछि भारतका अन्य राज्यको भविष्यबारे चिन्ता
    अनुष्काले शेयर गरेको बिकिनी फोटोमा विराट कोहलीको खास कमेन्ट !
    ‘स्मिथ ढल्दा सबैको धड्कन रोकिएको थियो’
    घर टहरा भत्काएको विरोधमा नगरकोट बन्द
    रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप, चितवन तनावग्रस्त
    शालिकरामले झुण्डिन डोरी किनेको सिसिटिभीमा देखियो
    तीन पल्ट विहारको मुख्यमन्त्री भएका मिश्राको निधन
    चितवनमा तनाव भएपछि प्रशासनले गर्यो सर्वदलीय बैठक, मानवअधिकारीवादी संगठनहरुको पनि अपील
    बुधबार काठमाडौं आउँदै भारतीय विदेशमन्त्री एस जयशंकर

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology