केटीको विषयमा ‘लफडा’ हुँदा बालकको हत्या, अभियुक्त पक्राउ

पोखराको लेकसाइडमा १४ वर्षीय बालक सचिन सिंजालीको घाँटी रेटेर हत्या आरोपितलाई कास्की प्रहरीले पक्राउ गरेको छ। केटीको विषयमा लफडा भएर हत्या गरेको कास्की प्रहरी प्रमुख एसपी ओम रानाले जानकारी दिए।

पर्वत जिल्ला मल्लाज बस्ने २१ बेनी काले भनिने वर्षीय कुमार गर्बुजाले हत्या गरेको खुलासा भएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले पत्रकार सम्मलेन गरेर हत्यारा सार्वजनिक गरेको हो।

लेकसाइडको खहरे क्षेत्र, स्ट्रिट नम्बर १७ मा निमार्णधीन घरमा बालकको शव फेला परेको थियो। मृतक सचिन पाल्पा जिल्ला रम्बापानी गाउँपालिका घर भई हाल लेकसाइड शान्तिनगरमा आफ्नो परिवार बसोबास गर्दै आएका थिए।

अभियुक्त कुमारलाई कानुनमा व्यवस्था भए बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी ओम रानाले बताए। वडा कार्यालय बैदामका प्रमुख डिएसपी नवीन कार्कीको अनुसन्धान टोलीले अभियुक्ततलाई घटना भएको ७ घण्टामै पक्राउ गरेको हो।

प्रहरीले अभियुक्त कुमार गर्बुजाको व्यवहार हेरेर र सिसि क्यामेरा फुटेजबाट पक्राउ गरेको हो। केटीको विषयमा झगडा भएपछि मृतक सिंजालीले अभियुक्तलाई चक्कुले प्रहार गरेका थिए। त्यही चक्कु खोसेर कुमारले हत्या गरेको प्रहरीको भनाइ छ।

© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology