“गणतन्त्र ल्याउन लडाकूहरुको भूमिका महत्वपूर्ण”- दाहाल

काठमाडौं, माघ २९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले देश समाजवादको यात्रातर्फ उन्मुख भएको बताउँदै गणतन्त्र ल्याउन लडाकूहरुको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

पूर्वमाओवादी लडाकू सरल सहयात्रीको ‘शिखरको ढुङ्गा’ नामक उपन्यासको मंगलबार काठमाडौंमा विमोचन गर्दै उनले जनयुद्धका लडाकूहरु विवेकशील र क्षमतावान भएको प्रमाण समाजमा प्रस्तुत् गरिरहेको बताए ।

अध्यक्ष दाहालले पूर्वलडाकू सामाजिक र राष्ट्रिय जीवनका हरेक पाटोमा उत्कृष्ट भएको हेर्ने चाहना व्यक्त गरे ।

उपन्यासका लेखक सरल सहयात्रीले उपन्यासमा आफ्नो सगरमाथा आरोहणको स्मृति र जनयुद्धपछि सामाजिक जीवनमा फर्कंदाको मनोभाव समेटेको बताए ।

© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology