सोमवार, भदौ ९, २०७६ | Monday 26th August 2019

मध्यपहाडी लोकमार्गको पर्वत खण्ड दैनिक साढे ६ घण्टा बन्द

  • प्रकाशित मिति : बुधबार, फाल्गुन १, २०७५



  • पर्वत । निर्माणाधीन मध्यपहाडी लोकमार्गको पर्वत खण्ड दैनिक साढे ६ घण्टा बन्द हुने भएको छ ।

    लोकमार्गको पर्वत खण्डमा आजदेखि लागू हुने गरी दैनिक साढे ६ घण्टा बन्द गर्न लागिएको हो ।

    सडक विस्तारका लागि पर्वत र कास्कीको सिमाना नयाँपुलदेखि कुश्मा नगरपालिका वडा नं. १ अर्मादीसम्मको खण्ड बन्द गर्ने निर्णय भएको हो ।

    जिल्ला प्रशासन कार्यालय पर्वतको संयोजनमा बसेको बैठकले बिहान १० बजेदेखि दिउँसो साढे दुई बजेसम्म र अपराह्न साढे ४ बजेदेखि साढे ७ बजेसम्म सडक बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए ।

    लोकमार्गको पर्वत खण्डमा पर्ने डिमुवादेखि बेतनीबीचको माहुरी भिर, कुश्मा नगरपालिका वडा नं. ८ स्थित चुवाको भिर र कुश्मा नगरपालिका वडा नं. २ स्थित अर्मादीको भिरमा सडक फराकिलो बनाउने काम गर्न सडक बन्द गर्न लागिएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    ला लिगामा बार्सिलोनाको पहिलो जित, ५-२ ले विजयी
    भरतपुरमा पाँच जनाभन्दा बढी जम्मा हुन नपाइने
    जेट एयरको एयरहोस्टेस भन्दै फेसबुकमार्फत ठगी गर्ने महिला पक्राउ
    हङकङमा प्रदर्शनकारीमाथि गोली प्रहार
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    उडिरहेको विमानमै चोरी गर्ने चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
    ‘श्रीमानले झगडा गर्दैनन्, मायामात्रै गर्छन्, त्यसैले सम्बन्धविच्छेद गरिदिनुपर्यो’
    ९ घटनाः जब बलिउड सुपरस्टारले सताएपछि छिमेकीले पुलिस बोलाए
    रातो बिकिनीमा नेहा धुपियाको जलवा, पतिसँग समुद्रमा मस्ती

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology