सोमवार, भदौ ९, २०७६ | Monday 26th August 2019

चुरोट तान्ने क्रममा अनुहारमै चुरोट पड्किँदा २४ वर्षका युवकको मृत्यु

  • प्रकाशित मिति : बुधबार, फाल्गुन १, २०७५



  • टेक्सास। अमेरिकाको टेक्सासमा २४ वर्षका एक युवकको आश्चर्यजनक तरिकाले मृत्यु भएको छ । विलियम एरिक ब्राउन नामका २४ वर्षका ती युवकले इलेक्ट्रोनिक चुरोट पिउँदै थिए । चुरोट तान्ने क्रममा उक्त डिभाइस अनुहारमै पड्किएपछि उनको मृत्यु भएको टाइम म्यागजिनले लेखेको समाचारमा जनाइएको छ । डिभाइस पड्किएपछि स्ट्रोकको शिकार भएका उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएकोमा अस्पतालमा उनको मृत्यु भएको हो ।

    मस्तिस्कमा अक्सिजनको आपुर्ति हुन नसकेपछि उनको मृत्यु भएको बताइएको छ । दुर्घटना जनवरी २७ मा भएको र त्यसको २ दिनपछि ब्राउनको मृत्यु भएको समाचारमा जनाइएको छ । ब्राउनकी हजुरआमा एलिसले बताएअनुसार पड्किएको इलेक्ट्रोनिक चुरोटको एक टुक्रा उनको घाँटीमा भित्रपट्टिबाट धसिएको थियो । अनुसन्धानमा इलेक्ट्रोनिक चुरोटको ब्याट्रीमा समस्या भएको पाइएको छ । उपकरणको खराबीका कारण इलेक्ट्रोनिक चुरोट पड्किएर कसैको मृत्यु भएको सम्भवतः यो नै पहिलो घटना हुन सक्ने समाचारमा उल्लेख छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    ला लिगामा बार्सिलोनाको पहिलो जित, ५-२ ले विजयी
    भरतपुरमा पाँच जनाभन्दा बढी जम्मा हुन नपाइने
    जेट एयरको एयरहोस्टेस भन्दै फेसबुकमार्फत ठगी गर्ने महिला पक्राउ
    हङकङमा प्रदर्शनकारीमाथि गोली प्रहार
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    उडिरहेको विमानमै चोरी गर्ने चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
    ‘श्रीमानले झगडा गर्दैनन्, मायामात्रै गर्छन्, त्यसैले सम्बन्धविच्छेद गरिदिनुपर्यो’
    ९ घटनाः जब बलिउड सुपरस्टारले सताएपछि छिमेकीले पुलिस बोलाए
    रातो बिकिनीमा नेहा धुपियाको जलवा, पतिसँग समुद्रमा मस्ती

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology