सोमवार, भदौ ९, २०७६ | Monday 26th August 2019

कुन राशिको प्रेम जीवन कस्तो रहला ?

  • प्रकाशित मिति : बुधबार, फाल्गुन १, २०७५



  • फाल्गुन १, २०७५

    मेष

    यो वर्ष मेष राशिका स्वामीहरूको प्रेम जीवन सुखद रहनेछ । तपाईंको दृष्टिकोणले विपरीत लिंगीहरूलाई प्रेम सम्बन्ध अघि बढाउन प्रेरित गर्नेछ । यदि तपाईं प्रेम सम्बन्धमा हुनुहुन्छ भने विवाह हुने सम्भावना छ । प्रेम सम्बन्धमा हुनुहुन्न भने लभ पार्टनर फेला पर्न सक्छन् । विवाहितहरूको हकमा सम्बन्ध केही तनावपूर्ण देखिए पनि अन्त्य सुखद नै होला । लामो समयदेखि छुट्टिएर बसेका श्रीमान्–श्रीमतीबीच पुनर्मिलनको योग छ । विवाहेत्तर सम्बन्ध यो राशिका स्वामीहरूका लागि सदैव हानिकारक रहँदै आएको छ । खासगरी नोकरी गर्ने महिला–पुरुषले कार्यालयमा आफ्ना सहकर्मीहरूसँग गर्ने व्यवहारले शंकाको बीउ रोप्न सक्छ । थोरै सावधानी अपनाउँदा वर्ष तनावरहित बित्नेछ ।

    वृष

    वृष राशिका स्वामीहरूको प्रेम जीवन सकारात्मक एवं उत्साहप्रद देखिन्छ । तपाईंको चञ्चल मनका कारण जीवनसाथी वा प्रेमी–प्रेमिकाले पटक–पटक तपाईंको व्यवहारको गलत अर्थ लगाउन सक्छन्, जसका कारण कतिपय समयमा तनावको समेत सामना गर्नुपर्ने हुन सक्छ । यो राशिका स्वामीले वर्षभरि नै आफ्नो पार्टनरले आफूबाट के चाहेको छ भन्ने विषयमा सचेत हुनु हितकर हुन्छ । अर्को पक्षबाट बेलाबखत लाग्ने आक्षेपप्रति अपराधबोध गर्नुभन्दा त्यस्ता कुरालाई क्षणिक आवेगका रूपमा लिन सकियो भने त्यसको सकारात्मक प्रभाव जीवनभर रहनेछ । सानोतिनो विवादलाई ठूलो इस्यु नबनाई अघि बढ्दा जीवन तनावरहित हुनेछ ।

    मिथुन

    प्रेम सम्बन्धका दृष्टिले वर्ष मध्यम रहनेछ । यो वर्ष जीवनसाथीसँग मिलेर भविष्यका लागि प्रेम एवं पारिवारिक सामान्जस्यताको मार्ग पहिल्याउने प्रयास गरिनेछ । सिंगलहरूको हकमा असोज–कात्तिकतिर नयाँ सम्बन्ध विकास हुने देखिन्छ । कसैलाई मनमा राखिएको छ भने त्यस्तो सोच भ्रममा परिणत हुनेछ । यतिवेला देखापर्ने मानसिक उथुलपुथुलले शारीरिक हानि पुर्‍याउन सक्छ । प्रेममा रहेकाहरूको सम्बन्ध टुट्न सक्ने अवस्था सिर्जना हुन सक्छ । वादविवादमा नअल्झिनु नै उपयुक्त हुन्छ । अर्को पक्षको विचारलाई सम्मान गर्न सक्ने व्यक्तिको प्रेमसम्बन्ध मात्र सुरक्षित रहनेछ । मनमा इगो राख्दा त्यसले प्रेम जीवनमा पुर्‍याउन सक्ने हानिका लागि राशिका स्वामी आफैं जिम्मेवार हुनुपर्नेछ ।

    कर्कट

    प्रेम र रोमान्सका दृष्टिले वर्ष स्मरणीय हुनेछ । आफ्ना प्रेमी वा प्रेमिकालाई राम्रोसँग बुझ्न सफल भइनेछ । आफ्नो प्रेम सम्बन्धलाई अघि बढाउन अर्को पक्षका आफन्तहरूसँग कुरा चलाउन हतार नगर्नु नै बुद्धिमानी हुन्छ । वैवाहिक जीवनमा सानातिना विवाद भए पनि त्यस्ता विवादको छायाँ प्रेम सम्बन्धमा देखिने छैन । शारीरिक रूपमा टाढा भए पनि निरन्तर सम्पर्कमा रहने तपाईंको बानीको अर्को पक्षले सदुपयोग गर्नेछन् । सार्वजनिक जीवनमा तपाईंले व्यहोर्नुपर्ने कतिपय तनावलाई सहयात्रीले आफ्नै तनाव सम्भिँmदा ठूलो राहत मिल्नेछ । विपरीत लिंगीको यस्तो व्यवहारले प्रेम जीवनमा अघि बढ्न तथा सक्रिय रहन थप प्रेरणा दिनेछ ।

    सिंह

    यो वर्ष तपाईंको चाहनाले नयाँ आकाशमा उड्ने कल्पना गरेको छ । आफ्नो सम्बन्धलाई परिवारमाझ खुलेर देखाउने समय आएको छ । अहिलेको समयमा पनि प्रेम सम्बन्धलाई लुकाउने प्रयत्न गर्नु भनेको भविष्यका लागि खराब संकेत हो । जसले आँट्यो, उही बाँच्यो भन्ने उखान चरितार्थ गर्नुहोस्, तपाईंको प्रेममय सपना यथार्थमा परिणत हुनेछ । विवाहितहरूमा शनि, वृह्स्पति तथा राहुबीच देखिएको खगोलिय तनावले प्रभाव देखाउनेछ । यस्तो बेला सम्बन्धमा कटुता निम्तिन सक्छ, तसर्थ जीवन साथीप्रति विश्वास कायम राख्दै आफ्ना भावनाहरूमा नियन्त्रण गर्नुहोला । केही खड्को भए पनि समग्र सम्बन्ध भने सुरुचिपूर्ण नै रह्ला । चिन्ता लिनुपर्ने कुनै कारण छैन ।

    कन्या

    यो वर्ष कन्या राशिको प्रेम जीवनमा उतार–चढाव देखा पर्नेछ । विवाहितको हकमा समय केही तनावपूर्ण देखिन्छ भने प्रेमीहरूको हकमा समय केही गरेर देखाउने अवसरका रूपमा आउनेछ । सामान्य मित्रता पनि प्रेममा परिणत हुन सक्ने योग भएकाले सम्भव भएसम्म आफूलाई मन परेको व्यक्तिसँगको मित्रतालाई अघि बढाउनुहोला । जेठदेखि असोजसम्मको समयमा विछोड हुन सक्छ । यो समयमा कामको सिलसिलामा आफ्ना प्रेमी वा प्रेमिकासँग टाढा जानुपर्ने हुन सक्छ । यतिबेला अनावश्यक शंका–उपशंका गर्दा अर्को पक्षले नकारात्मक धारणा बनाउने सम्भावना भएकाले आफ्ना प्रेमी वा प्रेमिका प्रति दृढ विश्वास व्यक्त गर्नुहोला ।

    तुला

    यो वर्षको प्रेम जीवन रोमाञ्चकारी रहनेछ । खासगरी प्रेममा रहेका अविवाहितहरूका लागि वर्ष सानदार सावित हुनेछ । कतिपय अन्तरंग सम्बन्ध गाँसिन सक्छन् । बिछोड भएका प्रेमी वा प्रेमिकासँग पुनर्मिलन हुन सक्छ । कल्पना गरे जस्तो प्रेम प्राप्त गर्न आफ्ना प्रेमी वा प्रेमिकासँग बढीभन्दा बढी समय बिताउनुपर्नेछ । समयमै प्रेम प्रस्ताव राख्न सकिएन भने पछि गएर पछुताउनुपर्ला । असोजको आधाआधीपछि प्रेम यात्रा अझ सवल हुने योग छ भने साउन, भदौतिर प्रेम जीवनमा केही समस्या सिर्जना हुन सक्छ । रिलेसनसिपमा रहेकाहरूको विवाह हुने योग पनि छ । यो वर्ष विवाह गर्ने हो भने त्यो दिगो हुने मात्र नभै जीवनभरका लागि प्रेममय हुन सक्ने देखिन्छ ।

    वृश्चिक

    प्रेम जीवनमा मिश्रित परिणाम देखिनेछ । शनि वक्र भएकाले यो राशिका स्वामी तथा उनीहरूका श्रीमती अथवा प्रेमिका बीच खटपट सिर्जना हुनसक्छ । त्यस्तो खटपटले भविष्यका लागि थप संकट सिर्जना गर्न सक्छ, तसर्थ पाइला–पाइलामा सावधानी अपनाउनु आवश्यक छ । तपाईंको अहिलेको प्रेम सम्बन्ध आफ्नै परिवारका लागि अस्वीकार्य छ । यस्तो स्थितिमा सचेत भएर अघि बढ्नु तपाईंको हितमा देखिन्छ । विवाहितहरूको हकमा एक अर्कासँग रिसाउने–खुसाउने क्रम वर्षभरि नै चलिरहनेछ । सम्बन्धलाई दरिलो बनाउन कतै घुम्न जानुभयो भने त्यसको सकारात्मक प्रभाव जीवनभर रहनेछ । खासगरी नवविवाहित दम्पतीले मनोरञ्जक समय बिताउने कुरामा जोड दिनुहोला ।

    धनु

    केही धैर्यधारण गर्ने हो भने प्रेम जीवन एक खुड्किला माथि उक्लनेछ । जसले यही वर्ष प्रेम जीवन प्रारम्भ गरेका छन्, उनीहरूको सम्बन्ध निकै सकारात्मक ढंगले अघि बढ्नेछ । चैतको आधाआधीसम्मको समय आशाअनुकूल हुनेछ । यो अवधिमा कुनै नयाँ मानिसले मनमा स्थान जमाउन सक्छन् । वैशाखको आधाआधीतिर त्यही प्रेम सम्बन्धमा तनाव एवं विवाद देखा पर्न सक्छ तसर्थ यो समयमा आफूलाई संयमित रूपले प्रस्तुत गर्नुहोला । यतिबेला आफ्ना भावना र आवेशलाई नियन्त्रणमा राख्नु हितकर हुनेछ । वर्षको मध्यतिर प्रेम जीवनले निश्चित गोरेटो तय गरिसक्नेछ । कतिपयको यही वर्ष विवाह हुन सक्छ । विवाह भैसकेकाहरूको हकमा सानोतिनो विवादले नै तनाव सिर्जना गर्नेछ । त्यस्तो स्थितिमा मौन रहनुमै भलो हुन्छ ।

    मकर

    प्रेम जीवनमा नयाँ प्रारम्भ हुँदैछ । यो वर्ष कसैसँग प्रेम हुन सक्छ भने पहिलेदेखि नै प्रेममा भएकाहरूको विवाह हुन सक्छ । प्रेमी–प्रेमिकाहरू रोमान्टिक यात्रामा निस्कन सक्छन् । त्यस्तो यात्राका क्रममा एकले अर्काको सम्मान गर्न सके त्यसको सकारात्मक प्रभाव जीवनभर रहनेछ । होलि डे टुर, रोमान्स तथा मस्तीले यो वर्षभरि नै रोमाञ्चित तुल्याइरहनेछ । जीवनलाई थप प्रेममय बनाउन आफ्ना प्रेमी वा प्रेमिकाको विचार एवं दृष्टिकोणको सम्मान गर्न सक्नुपर्छ । प्रेम जीवनमा मस्त रहे पनि करियरप्रति पनि ध्यान पुर्‍याउनु आवश्यक छ । करियरप्रति हेलचेक्र्याइँ गर्दा त्यसको नकारात्मक प्रभाव देखा पर्न सक्छ । करियरले नै तपाईंको प्रेमलाई निर्देशित गर्ने भएकाले विशेष सावधानी अपनाउनु होला ।

    कुम्भ

    यो वर्ष प्रेमको वर्षा नै हुनेछ । कुम्भ राशिको सम्पर्कमा रहने प्रेमि वा प्रेमिका धन र मन दुवैले सम्पन्न हुनेछन् । विवाहितहरूको यो वर्ष खुसीयालीपूर्ण रहनेछ । तैपनि प्रेम र भावनालाई आफ्नो कर्म क्षेत्रमा प्रवेश नगराउनु नै हितकर हुन्छ । आफ्नो प्रेम अनि दाम्पत्य जीवनमा अह्म र ईष्र्यालाई प्रवेश गर्न नदिनुहोला । आफ्ना प्रेमी वा प्रेमिका, श्रीमान् वा श्रीमतीमाथि अनावश्यक दवाव सिर्जना गर्दा त्यसले प्रतिकुल प्रभाव सिर्जना गर्नेछ । विशेष गरी प्रेम र यौनमा समर्पणको चाहना गर्दा एक अर्काको भावनालाई आफ्नै भावनाका रूपमा स्वीकार गर्न सके त्यसले प्रेम जीवनलाई थप रोमाञ्चक बनाउनेछ ।

    मीन

    वर्षका प्रारम्भिक दिनहरूमा प्रेमी–प्रेमिकाहरूले केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ने देखिन्छ । प्रेम सम्बन्धमा अचानक उथुलपुथुल आउन सक्छ । जो प्रेम सम्बन्धमा छैनन् उनीहरूका लागि पनि अहिलेको समय ठीक छैन । यस्तो बेला कसैलाई प्रेम प्रस्ताव नराखेकै राम्रो हुन्छ । प्रेमको सन्दर्भमा अहिलेको समय निकै संवेदनशील छ । कतिपय अवस्थामा वैवाहिक सम्बन्ध पारपाचुकेमा परिणत हुन सक्छ भने अविवाहितहरूको हकमा प्रेमी वा प्रेमिकाले अरू कसैसँग सम्बन्ध बढाउने वा विवाह गर्ने योग समेत देखिन्छ । समग्रमा भने हो भन्ने अहिलेको संवेदनशील समयमा प्रेमका मामिलामा हतार गर्दा उल्टो परिणाम हात लाग्न सक्छ ।

    http://bit.ly/2N3fHEB

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    ला लिगामा बार्सिलोनाको पहिलो जित, ५-२ ले विजयी
    भरतपुरमा पाँच जनाभन्दा बढी जम्मा हुन नपाइने
    जेट एयरको एयरहोस्टेस भन्दै फेसबुकमार्फत ठगी गर्ने महिला पक्राउ
    हङकङमा प्रदर्शनकारीमाथि गोली प्रहार
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    उडिरहेको विमानमै चोरी गर्ने चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
    ‘श्रीमानले झगडा गर्दैनन्, मायामात्रै गर्छन्, त्यसैले सम्बन्धविच्छेद गरिदिनुपर्यो’
    ९ घटनाः जब बलिउड सुपरस्टारले सताएपछि छिमेकीले पुलिस बोलाए
    रातो बिकिनीमा नेहा धुपियाको जलवा, पतिसँग समुद्रमा मस्ती

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology