दुई दिनदेखि महिला वेपत्ता

काठमाडौँ — तारकेश्वर नगरपालिका–१०, गोगंबु मनमैंजु ऐश्वर्यनगर बस्दै आएकी एक महिला दुई दिनदेखि सम्पर्कविहीन भएकी छन् । मंगलबार दिउँसो करिब १२ बजे मनमैंजुबाट ‘बजार जान्छु’ भनी निस्केकी ५२ वर्षीया सावित्री खतिवडा वेपत्ता भएकी हुन् ।
आफ्नी आमाको अवस्था दुई दिनसम्म पनि अत्तोपत्तो नभएपछि खोजीका लागि प्रहरी वृत्त बालाजुमा निवेदन दिएको छोरा युगसागर खतिवडाले जानकारी दिए । हराइरहेकी महिला गृहिणी हुन् । खतिवडा परिवारको स्थायी घर झापा मेचीनगर नगरपालिका हो ।

प्रहरी वृत्त बालाजुले खोजतलास भइरहेको बताएको छ ।

© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology