सोमवार, भदौ २, २०७६ | Monday 19th August 2019

श्वासप्रश्वास लिन गाह्रो : कस्तो समस्या हो ?

  • प्रकाशित मिति : बुधबार, फाल्गुन १, २०७५



  • श्वासप्रश्वास लिन गाह्रो : कस्तो समस्या हो ?

    मान्छे लाई श्वास फेर्नु सामान्य प्रक्रिया हो । ज्यादा दौड़धूप मा श्वास फुले पनि सामान्य काम मा त्यस्तो गार्हो हुदैन तर कतिबेला सहजै हुने श्वासप्रश्वास पनि महाभारत झै नै हुन्छ। सामान्य रुप ले भन्नु पर्दा श्वास लिन गाह्रो हुदा / श्वास फुल्दा घ्यार घ्यार हुनसक्छ, ओठ निलो कालो हुन सक्छ आदि। बिश्राम को बेला पनि श्वास फुल्दा या सुत्दा पनि स्वास लिन गाह्रो भयो भने सोच्नु पर्ने हुन्छ।

    फोक्शो ले कसरी काम गर्छ त?
    फोक्सो को मुख्य काम भनेको नाक, वा कति बेला मुख बाट सासनली हुदै आएको राम्रो हावा बिशेष गरी अक्सिजनलाई रगत मा मिसाउने अनि दुसित हावा जसलाई कार्बन डाई ऑक्साइडभन्छन त्यसलाई रगत बाट निकालेर फ़ेरी श्वासनलीहुदै नाक या कति बेल मुख बाट बाहिर फ्याँक्ने काम गर्छ।

    त्यस काम मा फोक्सो लाई मदत गर्छन फोक्सो मा आउने रक्तनली ले, छाती का मांसपेशी , हड्डी करंग, , जस्ले बेलून झै भरिने अनि खाली हुने फोक्सो लाई समाहित गर्नु को साथ साथै हावा भरने र खाली गर्ने काम मा प्रेसर दिएर सहायक को भूमिका खेलेको हुन्छ। अब यसो याद गर्नुस त एकछिन श्वास नलिकन बस्न कति गाह्रो छ। जहा हावा माँ अक्सिजन को मात्र एकदम कम छ (हिमालय) वा जहा को अक्सिजन लिन गार्हो छ जस्तै पानी त्या की त छिटो छिटो श्वास फेर्नु पर्छ (जस्तै की हिमालय) वा फेरन नै सकिन्न (जस्तै की पानी मा)।

    त्यस अर्थ मा फोक्सो/सहायक को कारण ले श्वास फूलने समस्या निम्न कारण ले हुन सक्छ।

    १ . नाक — रुघा , नाक को हड्डी बांगो हुनु , नाक को प्वाल सागुरो हुनु
    २ . श्वासनलीसाँघुरो हुनु— जस्तै मौसमी एलर्जी ले हुने दम यानि आस्थमा जस मा श्वासनाली साँघुरो हुन्छ
    ३ . फोक्सो को कार्य क्षमता माँ कमी आउनु जस्तै — लामो समय धूम्रपान गरेरै फोक्सो ख़राब भएको छ भने, फोक्सो माँ संक्रमण हुँदा जस्तै (निमोनिया ), फोक्सो को क्यान्सर , फोक्सो माँ पानी(शंक्रमण को एक लक्ष्यण) जमेको छ भने
    ४ . फोक्सो लाई भरिन र खाली हुन सहायक करंग , छाती को कमजोरी

    ५. मोटोपन ले गर्दा पनी सहायक भाग लाई असर गर्छन
    ६. फोक्सो लाई फैलिन नदिने अवस्था या बाधा जस्तै की पेट, कलेजो जून फोक्सो को तल हुन्छ, त्यसै गरी महिला मा पाठेघर मा बच्चा हुदा या मासु पलौदा पनि फोक्सो पूरा फैलिन पाउदैन।
    ७. अक्सिजन को कमी ले वा कार्बन डाई ऑक्साइड फ्याँक्न नसक्ने
    अवस्था मा( जस्तै कुनै जटिल रोग ले समातेको अवस्था माँ — उदाहरण माँ किडनी फेल भएको छ।

    मुटु को के भूमिका हुन्छ त?
    मुटु लाई तस्बिर मा हेर्नु भो भने दुइ फोक्सो को बीच माँ रहेको हुन्छ। मुटु को दाहिने भाग ले सरीर मा प्रयोग भइसकेको रगत (अक्सिजन सकेको अनि कार्बन डाई ऑक्साइड यानि दुसित हावा धेरै भएको) जम्मा गर्छ अनि अक्सिजन भरन(rechrge ) गर्न अनि कार्बन डाई ऑक्साइड फ्याँक्न (डिस्चार्ज) गर्न छिमेकी फोक्सो मा पठाउछ। अनि सफा रगत फोक्सो ले देब्रे मुटु को भागमा पठाउछ र देब्रे मुटु को भाग बाट पूरा सरीर भरी शुद्ध रगत फैलिन्छ। अब दाहिने/देब्रे मुटु को भाग कमजोर भएमा, देब्रे भाग मा धेरै प्रेसर भएमा सास लीना गार्हो त्यों पनि बिशेष गरी उतनो परेरा सुत्दा सास फूलने हुन सक्छ।

    अन्य कारण मा–
    दिमाग ले सास फेरन गति निर्धारण गर्ने हुँदा (याद गर्नुस त निंद्रा माँ कसरी आफै यो प्रक्रिया चली रहन्छ) —शिर मा चोटपटक लाग्दा ,
    रगत को कमी मा रक्तअल्पता
    — धेरै पटक अक्सिजन भर्नु पर्ने हुदा फोक्सो , मुटु ले धेरै काम गर्नु पर्छ
    आतिने रोग वा अनि डर, त्रास , मनोत्रास, — फोक्सो लाई भरने , खाली गर्ने मांसपेशी कड़ा हुन्छन , राम्ररी काम गर्दैनन्
    एलर्जी मा जस्तै की — खाना को , कुनै कुरा को , किरा ले टोके को अवस्था माँ आदि। यस्तो अवस्थामा सास फूलने सँगै सरीर चिलाउने , डाबर वा फोका आउने, अनुहार सुन्निने हुन सक्छ।
    श्वास नली मा केहि अड़केको खंड मा
    कुन बेला तुरुन्तै उपचार लिने —

    श्वास फूलने सँगै सरीर चिलाउने , डाबर वा फोका आउने, अनुहार सुन्निने हुन
    श्वासनली मा केहि अड़केको मा खण्डमा
    ओंठ , अनुहार निलो भएको खण्डमा
    ज्वरो सँगै सास लीन गार्हो भएमा
    अचानक बिना कारण सास लीन गार्हो भएको खण्ड मा

    उपचार
    प्राथमिक — चुरोट , धुवा, प्रदूषण बाट टाढा रहने नियमित ब्याम गर्ने , बजन धेरै हुन नदिने।
    लामो समय धुम्रपानले फोक्शो का कोषिका लाइ बिस्तारै खराब गर्छ अनि फोक्सो को कार्य क्षमता मा कमी आउछ। त्यसले गर्दा सहजै श्वास फुल्ने हुन्छ। श्वास नली मा पनि साँघुरो हुदै जान्छ। यसको पक्का उपचार नहुने बरु अझै खराब हुन नदिने भएकाले धुम्रपान नगर्नु नै सहि उपचार शैली हो। यस रोग लाइ दम रोग भनिन्छ। धेरै घण्टा को अक्ष्सिजन यस रोग को दिर्घकालिन उपचार मा आउछ।

    त्यस बाहेक अरु उपचार रोग अनुसार हुन्छ जस्तै
    १. संक्रमण मा (निमोनिया , टीबी ) मा त्यहि अनुरुप को औषधी
    २. एलर्जी हुदा त्यो नहुने औषधी, इन्हेलर
    ३. रगत को कमी छ भने किन भयो थाहा पाउने अनि सोहि अनुरुप को उपचार
    ४. आतिने रोग ले हो भने त्यहि अनुरुप को उपचार
    ४. तुरन्तै अस्पताल जाने अवस्था मा सजक हुने।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology