सोमवार, भदौ २, २०७६ | Monday 19th August 2019

कुन आँखा फर्फराउनु शुभ, कुन अशुभ ?

  • प्रकाशित मिति : बुधबार, फाल्गुन १, २०७५



  • कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ ।

    तर यो अन्धविश्वास मात्र हो । आँखा वरिपरिका मांशपेशीहरू संकुचित हुँदा आँखा फर्फराउँछ । यसका केही कारणबारे जानिराखौं : १. थकान र तनावका कारण आँखा फर्फराउँछ । तनाव कम गर्न सक्नुभयो भने आँखा फर्फराउन बन्द हुन्छ । राम्ररी निद्रा पुगेको छैन भने पनि आँखा फर्फराउँछ ।

    २. धेरै मापसे गर्दा पनि आँखा फर्फराउँछ ।

    ३. धमिलो बत्तीमा काम गर्दा अनि कम्प्युटरमा लामो समय काम गर्दा पनि आँखा फर्फराउँछ । कसरी रोक्ने त ? टन्न पानी पिउनुहोस् । पूरा आराम हुनेगरी धेरैभन्दा धेरै सुत्नुहोस् । अनि आँखाको मसाज गर्नुहोस् । आँखीभौंलाई ३० सेकेन्डसम्म झिम्क्याउनुहोस् । एक हप्ताभन्दा बढी समयसम्म पनि आँखा फर्फराइरह्यो भने चाहिँ चिकित्सकलाई भेट्न जानुपर्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    फिप्ना न्यूह्यामसरले मनायो विश्व आदिवासी दिवस
    धुम्रपानभन्दा बढी खतनाक हुन्छ अनहेल्दी ‘डाइट’, यी कुरामा ध्यान राखौँ
    सन् २०२१ मा अमेरिकी आर्थिक मन्दी : सर्वेक्षण
    रवी लामिछाने समुहको अराजक प्रदर्शनप्रति नेकपाको आपत्ती
    युरोपको आकाशमाथिको प्रतिबन्ध हटाउन प्रधामन्त्रीको आग्रह
    दिपकराज गिरीले रवि लामिछानेलाई भने – ‘त्यो पीडा मलाई थाहा छ’
    बाढीले डाइभर्सन बगाएपछि बुटवल-नारायणगढ सडकखण्ड पुनः अवरुद्ध
    फेसबुकमा यस्तो लेखेर रवि लामिछानेलाई भेट्न चितवन हिँडे गायक रामकृष्ण ढकाल
    “सगरमाथाको नाम ‘माउन्ट एभरेस्ट’ होइन, सगरमाथा नै भन्नोस्”- प्रधानमन्त्री
    घर–टहरा भत्काएको विरोधमा नगरकोट बन्द

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology