सोमवार, भदौ ९, २०७६ | Monday 26th August 2019

बिहान खाली पेटमा दुई पोटी लसुन र एक गिलास पानी खानुहोस्, हुने छ यतिधेरै फाइदा

  • प्रकाशित मिति : बुधबार, फाल्गुन १, २०७५



  • लसुन प्राय हामीले तरकारी पकाउँदा प्रयोग गर्ने गर्छौ तर यसका स्वास्थ्यसम्बन्धी धेरै गुणबाट हामीमध्ये सायद थोरै मात्रै जानकार छौँ।

    लसुन तरकारीमा प्रयोग गर्नका लागी मात्र उपयुक्त नभइ औषधीका रूपमा समेत निकै उपयोगी मानिन्छ। लसुनका केही उपयोगिताका बारेमा जानीराखे भविष्यमा तपाईलाई समेत फाइदाजनक हुन सक्छ भने अहिले आफूमा रहेका समस्याबाट बच्नका लागी समेत यो सामग्री उपयोगी हुन सक्छ।

    जानीराखौँ लसुनका केही उपयोगिता

    १. गानो गएमा : लसुन पिसेर वा एक केस्रा लसुन तातो पानीसित खाएमा गानो गएको अवस्थामा फाइदा गर्छ।
    २. विषम ज्वरोमा : बिग्रेको ज्वरोमा लसुन घिऊ वा तेलमा डढाएर त्यो घिउ वा तेल पिए लाभ गर्दछ।
    ३. मुटुको रोगमा : यस रोगमा घिऊमा फुराएको लसुन एक(दुई केस्रा भात खान लाग्दा भातैमा मुछेर खाने गरे लाभ गर्छ।
    ४. शरिर सुनिएकोमा : लसुन हालेर पकाएको तेलम मालिस र एक(दुई केस्रा बिहान खाली पेटमा खाने गरेमा सुनिएको कम हुन्छ।
    ५. पेट दुखेमा : लसुनको रस दश थोपादेखी तीस थोपासम्म खाए लाभ हुन्छ तर एकै पल्ट तीस थोपा नखाएर क्रमश बढाएर लैजानु राम्रो हुन्छ।

    ६. बाजीकरणमा : एक डल्लो लसुन छोडाएर कुट्ने र मिश्री या धिऊमा पकाएर खाए उत्तेजना र बलविर्य बढ्छ।
    ७. स्वप्नदोषमा : एक केस्रा काँचो लसुन चपाउनुपर्छ। यसले स्वप्नदोष ठिक हुन्छ र कामोत्तेजना बढ्छ।
    ८. भित्री चोटमा : नदेखिने चोटमा लसुनको रसमा नून मिलाएर मालिस गरे तथा दुखेको स्थानमा रूवा वा लुगाको पट्टी राखेर बाँधिदिए लाभ
    गर्दछ।
    ९. वीर्य बृद्दीमा : लसुनको केस्रा छोडाएर घीऊमा रातो पारेर भुट्ने तर कालो पारेर भने डढाउनइ दुधमा खीर पकाएर एक महिना जति िनहुँ खाए विर्य बढ्छ। नपुंसकता हराउँछ र यसले गठिया वात पनि निको पार्छ ।

    १०. कपाल दुखेमा दुवै कनपारामा लसुन पिसेर लगाए एकैछिनमा कपाल दुखेको आराम हुन्छ।
    ११. बिच्छीको विषमा लसुन र अमचुर सुकाएको आँपको धुलोसँग मिलाएर खान दिए विषको प्रभाव नष्ट हुन्छ।
    १२.जिब्रो सुनिएमा लसुन पिसेर जिब्रोमा लेप लगाए लाभ हुन्छ।
    १३. घाऊ धुन पानीमा कुटेका लसुन मिसएर घाऊ धोए लाभ गर्दछ।

    १४. कान दुखेमा लसुनको पातको रस वा लसुन तेलमा डढाएर त्यो तेल कानमा हाले लाभ गर्छ।
    १५. भोक नलागेमा बासी मुखमा (बिहान उठ्ने बित्तिकै अरू केही नगरी) एक पोटी लसुन पानीसित निले भोक लाग्दछ, तथा खाएको पाचन समेत हुन्छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    ला लिगामा बार्सिलोनाको पहिलो जित, ५-२ ले विजयी
    भरतपुरमा पाँच जनाभन्दा बढी जम्मा हुन नपाइने
    जेट एयरको एयरहोस्टेस भन्दै फेसबुकमार्फत ठगी गर्ने महिला पक्राउ
    हङकङमा प्रदर्शनकारीमाथि गोली प्रहार
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    उडिरहेको विमानमै चोरी गर्ने चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
    ‘श्रीमानले झगडा गर्दैनन्, मायामात्रै गर्छन्, त्यसैले सम्बन्धविच्छेद गरिदिनुपर्यो’
    ९ घटनाः जब बलिउड सुपरस्टारले सताएपछि छिमेकीले पुलिस बोलाए
    रातो बिकिनीमा नेहा धुपियाको जलवा, पतिसँग समुद्रमा मस्ती

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology