१९ महिनापछि देखिए विप्लव, जनुक्ति सेना बनाएको खुलासा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले जनमुक्ति सेना निर्माण थालेको कुरा खुलाएका छन् । पार्टीको मुखपत्र रातोखबरसँगको कुराकानीमा उनले एउटा इतिहासको निर्माणमा जिम्मेवारीबोधकासाथ जुटेको बताएका छ्न ।

भोजपुर अदातलको वारेण्ट जारी पछि भुमिगत रहेका भनिएका विप्लव १९ महिनापछि मिडियामा देखिएका हुन् ।

अन्तर्वार्तामा उनले भनेका छन्, ‘हामी त्यतिबेलै पनि प्रचण्ड–बाबुरामसँग विद्रोह गरेर शिविरबाट जनमुक्ति सेनालाई बाहिर आउनलाई अपिल ग¥यो । आउनु पनि भो । आएपछि हामीले भन्यौँ– गठन गरौँ । हामीले विभिन्न सुरक्षाका जनस्वयम्सेवक गठन गर्ने कुरा पनि भयो । हामीले एकीकृत जनक्रान्तिमा जनमुक्ति सेना अपरिहार्य हो भन्यौँ । एकीकृत जनक्रान्ति अहिले आफ्नै विशेषतामा अगाडि बढिरहेछ। त्यसभित्र जनमुक्ति सेनाको एउटा अवधारणा र संरचना हामीले बनाएका छौँ, लिएर गएका छौँ र एकदम सुदृढीकरणतिर जाँदैछ। यतिचाहिँ हामीले जनतालाई भन्नुपर्छ किनकि बाहिर भ्रमहरू चलिरहेका छन् । यसलाई चिर्नुपर्नेछ । यस हिसाबले जनमुक्ति सेना, जनताको सेना, क्रान्तिको सेना, समाजवाद ल्याउने सेना बनेको छ ।’

आफ्नो पार्टी श्रमिक जनताको प्रतिनिधित्व गर्ने पार्टी भएको उनको दाबी छ । ‘एउटा आत्मसमर्पणवादका विरुद्धमा, विसर्जनवादका विरुद्धमा र संशोधनवादको विरुद्धमा पुनः एउटा क्रान्तिको झन्डा खडा ग¥यौँ। त्यो झन्डा सामान्य नभएर विश्वभरिका श्रमिक जनताका बारेमा देख्नेखालको झन्डा खडा गरेर आज हामी यहाँ आइपुगेका छौँ। फेरी एउटा नयाँ उज्यालो अभ्यास सुरु भएको छ ।’ उनले भनेका छन्

अन्तरवार्ताको क्रममा उनले प्रचण्ड–बाबुराम कम्युनिस्ट भइनसकेको बताउँदै उनीहरुको जीवन संक्रमणमै रहेको आरोप लगाए। प्रचण्ड क्रान्ति देखि भागेको व्यक्ती भएको उनको भनाइ छ ।

© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology