महिला फुटबलमा नेपाललाई ऐतिहासिक सफलता, इरानलाई लगायो पाखा

काठमाडौं । हिरो महिला गोल्डकप फुटबलमा नेपालले इरानलाई पराजित गरेको छ । भारतको उडिसास्थित कालिङ्गा रंगशालामा बुधबार भएको खेलमा नेपालले इरानलाई ३–० गोल अन्तरले पराजित गरेको गरेको हो ।

नेपालको जितमा सावित्रा भण्डारीले दुई गोल गरिन् । एक गोल अनिता बस्नेतको नाममा रह्यो ।

नेपालले खेलको ४१ औ मिनेटमा अनिता बस्नेतको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफमा १–० को अग्रता लिएको नेपालले दोस्रो हाफमा थप दुई गोल थप्यो ।

सावित्रा भण्डारीले ५९ औ मिनेटमा गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन । खेल सकिन एक मिनेट बाँकी छदाँ व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई फराकिलो जित दिलाईन ।

जितसंगै नेपालको फाईनल पुग्ने सम्भावना बलियो बनेको छ । नेपालले तीन खेलबाट ६ अंक जोडेको छ ।

म्यानमारको समेत ६ अंक छ । म्यानमारले आज राति भारतसंग खेल्दैछ । म्यानमारले भारतलाई पराजित गरेमा नेपाल प्रतियोगिताको फाईनल पुग्ने छ ।

भारतले जितेमा गोल अन्तरका आधारमा फाईनल पुग्ने टोलीको टुङ्गो लाग्नेछ ।

ईरान लिग चरणका सबै खेलमा पराजित भएको छ ।

नेपाल पहिलो खेलमा म्यानमारसंग ३–० ले पराजित भएको थियो । दोस्रो खेलमा भारतविरुद्द २(१ को जित निकालेको थियो ।

Space for Ads 300px * 160px
© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology