दश वर्षदेखि हात धोएका छैनन् यी चर्चित सेलिब्रेटीले, यस्तो छ रहस्य

काठमाडौं । मानिस यदि कुनै काम मन पर्दैन भने त्यसका लागि मनगढन्त्य नियम बनाउँछ । सायद तपाईँले पनि यस्तो गर्नुभएको होला । हालै एक चर्चित व्यक्तिले सार्वजनिक रुपमै १० वर्षदेशि हात नधोएको खुलासा गरेका छन् ।

उनको यो भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

अमेरिकी टिभी होस्टले १० वर्षदेखि हात नधोएको बताएका छन् । उनले जिवाणु जस्त चित वास्तावमा नहुने भन्दै हात नधोएको बताएका छन् । उनले जिवाणु देख्न नपाएको र त्यसमा विश्वास नभएको बताएका थिए ।

यस्तो अनौठो खुलासा गर्ने व्यक्ति फक्स न्यूजका होस्ट पीट हेगसेथ हुन् । उनले संक्रामक सुक्ष्म जीवाणु नहुने बताए । हावर्ड र प्रिन्सटनबाट ग्रेजुएट हेगसेथले आफ्ना साथीहरुसँ भने, ‘म आफुलाई इनाक्यूलेट गर्छु ।’

हेगसेथले भने, ‘२०१९ को मेरो संकल्प के छ भने, जहाँ म अफ एयर भन्नेछु त्यो अन एयर पनि भन्ने छु ।’ उनले समाचार पत्र यूएसए टूडेलाई भने, ‘हामी यस्तो समाजमा बस्छौं, जहाँ मानिसहरु प्याकेटमा पूरेल लिएर घुम्छन्, र दिनभरमा १९ हजार पटक यसको प्रयोग गर्छन् । जस्तोकी उनीहरुको मात्र ज्यान होस ।’ (एजेन्सी)

© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology