जय शेर माबीको उत्कृष्ट दातामा वली परिवार (भिडियो सहिद)

बर्षात छेत्री , दाङ । उच्चशिक्षा र प्राबिधिक शिक्षा संचालनका लागि माघ २२ गते देखि फागुन १ गते सम्म ९ दिन नबाह ज्ञान महायज्ञ जय शेर माध्यमिक विद्यालय घोराही उपमहानगरपालिका ६ रावतगाउँ कम्दा दाङको आयोजनामा भएको कार्यक्रम आज एक कार्यक्रमका बिच समापन गरिएको छ ।

जस्को प्रमुख अतिथि आसनमा प्रदेश सभा सासंद अमरबहादुर डाँगीले हुनुहुन्थ्यो भने कार्यक्रमका उपसंयोजक रेख बहादुर वली (देवता) सभापतित्वमा भएको कार्यक्रमको सहजीकरण पत्रकार पिताम्बर रिजालले गर्नुभएको थियोे । यो महायज्ञमा दाताहरूले गरेको दान नगद र भुमि दान गरि जम्मा १ करोड १७ लाख उठेको बताईएको छ ।

जस्मा सबैभन्दा बढी दान गर्ने घोराही उपमहानगरपालिका ६ लखुवार निबासी स्व.लक्ष्मण वली र स्व.तुलसा देबि वलीका ६ भाइ छोराले बुवा आमाको सम्झनामा २० लाख ११ हजार १११ नगद दिई उदाहरणिय परिवार बन्न सफल भएको छ । उहाँको परिवारलाई प्रमाणपत्र,खादा, रुद्राक्ष ,अबिरजात्रा गाजाबाजा सहित ठुलो सम्मान गरिएको थियो । जस्मा :
१-जेठो छोरा श्री घनश्याम वलील /श्रीमति गनु कुमारी वली नगद ५० हजार । २-माईलो छोरा श्री गंगा राम वली/श्रीमति देमती वली ११११११ (१ लाख ११ हजार १ सय ११)
३-साईलो छोरा श्री रन्जित वली /श्रीमति मिना वली ६ लाख
४- काईलो छोरा श्री महाबिर वली/श्रीमति कमला वली ३ लाख । ५- राईलो छोरा श्री बिष्णु प्रसाद वली /हुमा वली २ लाख ।
६- श्री रेख बहादुर वली /श्रीगोमा वली
७) लाख ५० हजार दान गरि उहाँहरुको परिवार उत्कृष्ट परिवार उदाहरणिय परिवार कहलिएको आयोजकले पक्षको ठहर छ ।


Space for Ads 300px * 160px
© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology