प्रेमको प्रतिक मानिने पाल्पाको रानीघाट दरबारमा प्रेम साट्नेहरुको भीड

पाल्पा। प्रेमको प्रतिक मानिने पाल्पाको रानीघाट दरबारमा प्रेम साट्नेहरुको बिहिबार बिहानैदेखि भीड लागेको छ।

रानी तेजकुमारीको सम्झनामा तत्कालीन राजा खड्ग शम्सेरले झण्डै १ सय २० वर्ष पहिले बनाएको यो सुन्दर दरबार देशकै पुरातात्विक महत्वको धरोहर हो।नेपालको ताजमहलको रुपमा हेरिने रानीघाट दरवारमा बुधबार देखिनै प्रेम साट्नेहरुको भीड बढेको स्थानीयले जनाएका छन्। तानसेन नगरपालिकामा पर्ने रानीघाट दरबार कालीगण्डकीको किनारमा अवस्थित छ।

उत्तर दिशा भएर बगेको कालीगण्डकीको जगबाट निर्माण गरेको रानीदरबारलाई भारतको ताजमहलसँग पनि दाँजेर हेर्ने गरिन्छ। सदरमुकाम तानसेनदेखि १३ किलोमिटर उत्तर मा पर्ने ऐतिहाशिक रानीदरबार भिरालो चट्टानमाथि झण्डै ६ रोपनी जग्गामा छ।

२०५६ सालमा पुरातत्व विभागबाट दरबारको मुख्य भागको मर्मत गरिए पनि धेरै भाग अझै जीर्ण छ र त्यो जीर्ण भागको मर्मत गर्ने काम भइरहेको छ। अहिले सदरमुकाम तानसेनबाटै गाडी चढेर दरबार सम्म पुग्न सकिने भएकाले पनि हरेक दिन जसो रानीदरबार पुग्नेहरुको भीड हुने स्थानीय होटल व्यवसायी सुरेश पाण्डेले जानकारी दिए।

Space for Ads 300px * 160px
© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology