यस वर्ष दिल्ली क्यापिटल्सको नयाँ जर्सी, नयाँ जर्सीमा यस्ता देखिए सन्दिप लामिछाने

काठमाडौं। इण्डियन प्रिमियर लिग (आइपिएल) सुरु हुन झण्डै १ महिनाभन्दा केही बढी समय बाँकी छ । आगामी मार्च २३ देखि सुरु हुने भनिएको आइपिएलको समय तालिका भने सार्वजनिक भएको छैन । आइपिएल खेल्ने एकमात्र नेपाली खेलाडी सन्दिप लामिछाने आबद्ध टिम दिल्ली क्यापिटल्सले उनलाई रिटेन गरेको छ ।

दिल्ली क्यापिटल्सले सन्दिपलाई रिटेन मात्र गरेको छैन उसले आफ्नो टिमको नाम समेत परिवर्तन गरेको छ । अघिल्लो सिजन खेल्दा दिल्ली डेयरडेभिल्स नामबाट खेलेको दिल्ली यस वर्ष दिल्ली क्यापिटल्स भएको छ । ‘दिस इज न्यू दिल्ली’ नारासहित यस वर्ष मैदानमा उत्रिने तयारी गरिरहेको दिल्लीले यो सिजनका लागि आफ्नो जर्सी पूरै परिवर्तन गरेको छ । गाढा नीलो रंगको जर्सीलाई दिल्लीले कालो र ग्रे रंग मिश्रित जर्सीमा बदलेको छ ।

दिल्लीले केही दिनअघि सन्दिप लामिछानेको एउटा फोटो ट्वीट गरेको छ जसमा सन्दिप दिल्लीको नयाँ जर्सीमा देखिएका छन् । अस्ट्रेलियाको बिग बाश लिगमा समूह चरणको अन्तिम खेलमा शानदार प्रदर्शन गरेका सन्दिपलाई बधाइ दिने क्रममा दिल्लीले सन्दिपको यो फोटो ट्वीट गरेको थियो । यो खेलमा सन्दिपले मात्र ११ रन दिँदै ३ विकेट लिएका थिए । हेर्नुहोस् नयाँ जर्सीमा सन्दिप कस्ता देखिए ?

© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology