सोमवार, भदौ ९, २०७६ | Monday 26th August 2019

वर्षा बाधक, विराटनगर र महेन्द्रनगरबीचको खेल रद्द

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन २, २०७५



  • काठमाडौं, फागुन २ । सोमबारदेखि जारी धनगढी प्रिमियर लिग (डीपीएल) ट्वेन्टी–२० क्रिकेटमा बिहीबारको एउटा खेल रद्द भएको छ ।

    वर्षाले गर्दा विराटनगर किंग्स र महेन्द्रनगर युनाइटेडबीचको खेल वर्षाले गर्दा रद्द भएको हो ।

    खेलमा पहिले ब्याटिङ गरेको विराटनगरले १८ ओभर ३ बलमा ७ विकेट गुमाउँदै ८२ रन बनाएको स्थितिमा वर्षा भएपछि खेल रद्द भएको हो ।

    खेल रद्द भएपछि दुवै टिमले एक/एक अंक बाँडेका छन् ।

    गएको शनिबारदेखि हुनुपर्ने लिग वर्षाकै कारण सोमबारदेखिमात्र सम्भव भएको थियो ।

    अत्तरिया विजयी

    यसअघि, बिहीबारको पहिलो खेलमा सीवाइसी अत्तरिया विजयी भयो ।

    लगातार दोस्रो जितपछि पहिलो पराजय भोग्नेक्रममा रुपन्देही च्यालेन्जर्स अत्तरियासित ३९ रनले पराजित भएको हो ।

    अत्तरियाले दिएको १२२ रनको लक्ष्य पछ्याउनेक्रममा जवाफी ब्याटिङ गरेको रुपन्देही २० ओभरमा ८२ रनमै समेटियो ।

    रुपन्देहीका लागि सुमित महर्जनले सर्वाधिक २२ रन बनाए ।

    अत्तरियाका सन्नी पटेल, भुवन कार्की, दीपेन्द्रसिंह ऐरी र दीपेन्द्र रावतले समान २/२ विकेट लिए ।

    यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले २० ओभरमा ९ विकेट गुमाएर १२१ जोडेको थियो ।

    कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ६७ रन बनाए ।

    बलिङतर्फ रुपन्देहीका ललितसिंह भण्डारी र विक्रम सोबले समान २/२ विकेट लिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    ला लिगामा बार्सिलोनाको पहिलो जित, ५-२ ले विजयी
    भरतपुरमा पाँच जनाभन्दा बढी जम्मा हुन नपाइने
    जेट एयरको एयरहोस्टेस भन्दै फेसबुकमार्फत ठगी गर्ने महिला पक्राउ
    हङकङमा प्रदर्शनकारीमाथि गोली प्रहार
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    उडिरहेको विमानमै चोरी गर्ने चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
    ‘श्रीमानले झगडा गर्दैनन्, मायामात्रै गर्छन्, त्यसैले सम्बन्धविच्छेद गरिदिनुपर्यो’
    ९ घटनाः जब बलिउड सुपरस्टारले सताएपछि छिमेकीले पुलिस बोलाए
    रातो बिकिनीमा नेहा धुपियाको जलवा, पतिसँग समुद्रमा मस्ती

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology