न्यु राईडर होण्डाई ब्राण्डका विभिन्न गाडीहरू उपलब्ध(फोटो फिचर )

दाङ । बिगत ६ बर्ष देखि राप्ती अंचलको आधिकारिक बिक्रेताका रूपमा काम गर्दै आएको न्यु राईडर अटो वल्ड प्रा लिले होण्डाई ब्राण्डका विभिन्न गाडीहरू उपलब्ध गराउदै आएको छ । बजारको बदलिँदो मागलाई मध्यनजर गर्दै मोर्डन तथा ईस्टाईलिस डिजाइन,आरामदायी प्रिमियम क्याबिन भएको आधुनिक टेक्नोलोजी ग्राहकको सुरक्षा तथा उत्कृष्ट प्रफोमेन्स साथ अल न्यु स्यान्ट्रो नेपाली बजारमा पुन भित्रिएको छ ।

होण्डाईको स्याण्ट्रो अघिल्लो संस्करणमा नेपालीहरुको मन जित्न सफल भएको ब्रान्ड हो । नयाँ स्याण्ट्रोले पनि अझ मन जित्न सक्ने छ,नयाँ स्यान्ट्रोले पुरानो भन्दा बढी क्याबिन स्पेस दिने साथै धेरै प्रीमियम विशेषताहरु ल्याएको छ, जस अन्तर्गत १७.६४ से मि स्मार्ट फोन कनेक्टिभिटी तथा भ्वाइस रिकनिसन जडान अडियो भिडियो पार्किङ क्यामेरा,स्टेरिङ माउन्टेड कन्ट्रोल,ब्लुटुथ कन्ट्रोल,रियर एसिभ्यान्स एयर ब्याक सुरक्षाको लागि आधुनिक बिशेषता प्रदान रहेको छ ।

स्यान्ट्रो१.१ लिटर फोर सिलिन्डर पेट्रोल ईन्जिनमा आएको छ । जस्ले ६९ पि एस पावर १०.१ के जि एम टर्क प्रदान गर्छ सो गाडीको नेपालको आधिकारिक बिक्रेता लक्ष्मी ईण्टर कण्टीनेण्टल प्रा लि को र होण्डाई मोटर्सको १० बर्षको साझेदारीको उपलक्ष्यमा आयोजना गरिएको कार्यक्रममा स्याण्ट्रो गाडी सार्बजनिक गरिएको न्यु राईडर अटो वल्ड प्रा लि दाङका म्यानेजर बिष्णु के सि ले जलजला खबर संग बताउनुभयो ।

© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology