यस्तो देखिईन् नेपाली साडी, ब्लाउज र तिलहरीमा पाकिस्तानी चेली (भिडियो)

पोखरा । फरक जात, धर्म र देशकाबीचका विवाहलाई अचम्म मान्ने चलन अझै हटेको छैन। बागलुङका एक युवकले पाकिस्तानी युवतीसँग गरेको विवाह यहाँ चर्चाको विषय बनेको छ।

बागलुङ जिल्ला अदालतमा अमलाचौरका २३ वर्षीय सुदीन आचार्यले २२ वर्षीया आम्ना सफिकसँग विवाह गरेका छन्।

दुई फरक देशको मात्र नभई उनीहरूमध्ये आचार्य हिन्दु र सफिक मुस्लिम हुन्। पाकिस्तानको रावलपिण्डीमा आईटी इन्जिनियरिङ अध्ययनरत सफिकले सामाजिक सञ्जालमार्फत आचार्यसँग सम्पर्कमा आएपछि नेपाली भाषासमेत सिकेर विवाह गरेकी हुन्।

दुई वर्षअघि चिनजान भएका उनले नेपाली भाषा सिक्न थालेकी थिइन्। नेपालको ग्रामीण बासिन्दाझैं बोल्न, लेख्न सक्ने भएपछि उनले आइतबार अदालत पुगेर विवाह गरेकी हुन्।

रमाईलो कुराकानी :

© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology